काठमाडौं । आज नेप्से परिसूचक २१ दशमलव ९७ अंकले घटेर १,९७३ दशमलव ३८ को विन्दुमा कायम भएको छ । आज १५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६८ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक रात्ताम्मे भएका छन् ।
आज १ अर्ब १२ करोड ६२ लाख १७ हजार रुपैयाँको शेयर कारोबार हुँदा आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । आज टेलिकमको १० करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।आज रिडी पावर कम्पनीको ६ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रसनको ३ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्तको ३ करोड २५ लाख रुपैयाँको शेयर कारोबर भएको छ ।