IME Life New

धितोपत्र बोर्डलाई स्वायत्त बनाउन अध्यक्ष हमालको माग, मन्त्रालयको शाखा जस्तो हुँदा काम गर्न सकिदैन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल  धितोपत्र बोर्डका  अध्यक्ष रमेश कुमार हमालले पूँजी बजारको विकासका लागि नियामक निकाय स्वायत्त हुनुपर्ने बताएका छन् ।

सोमबार नेपाल आर्थिक पत्रकर समाज (सेजन) ले आयोजना गरेको ‘पूँजीबजारको विकास सम्बन्धी नीतिगत बहस कार्यक्रममा हमालले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) स्वायत्त हुनुपर्ने बताए । त्यसको लागि अर्थ मन्त्रालयसँग कुरा भइरहेको जानकारी गराए ।

Esewa
Crest

‘सेयर बजारको विकास विस्तारका लागि धितोपत्र बोर्ड, नेप्से स्वायत्त हुनैपर्छ, त्यो अहिले सम्भावना देखिँदैन, संसारका सबै नियामक निकाय स्वायत्त रहेका छन् हामी स्वायत्त छैनौ’ उनले भने, ‘हामी अर्थ मन्त्रालयको विभाग जस्ता रहेका छौं ।’

सेबोन, नेप्से दुवै निकाय विभाग जस्तो भएर बस्नुपर्दा बजारको विकास सम्भव नभएको हमालको तर्क छ । अहिलेको अवस्थामा सेयर बजारमा कायालपट गर्छु भनेर सोच्न नसकिने उनको तर्क छ ।

‘नेप्से मन्त्रालयको शाखा जस्तो भएपछि विश्वासयोग्य काम गर्न सक्छ कि सक्दैन, धितोपत्र बोर्ड पनि मन्त्रालयको शाखा जस्तो भएपछि लगानीकर्ता, ब्रोकरले चोहेको जस्तो द्रुत गतिमा काम गर्न सक्दैन?’ अध्यक्ष हमालले भने ‘त्यसकारण हामीले स्वायत्तताका लागि सरकारसँग कुरा गरिरहेका छौं । हामीले सबैले चाहेको जस्तो सुधारका लागि काम गरिरहेका छौं ।’ अध्यक्ष हमालले बोर्ड, नेप्से स्वायत्त भएनन् भनेर चुप लागेर पनि नबसेको धारणा राखे ।  उनले अहिलेको बाध्यात्मक अवस्थाका बाबजुत पनि गर्नुपर्ने काम नियमित रुपमा तिब्र गतिमा गर्ने प्रयास भइरहेको तर्क गरे ।

कार्यक्रममा अध्यक्ष हमालले सेयर बजारको विकास र विस्तारका लागि प्रतिस्पर्धा आवश्यक रहेको बताए । बजारमा एकाधिकार कायम हुन नहुने भन्दै स्वस्थ प्रतिस्पर्धा आवश्यक भएको धारणा राखे । बजारमा प्रतिस्पर्धा भएमात्रै बजारले गति लिने र लगानीकर्ताको लागत घटने धारणा राखे ।

साथै, अध्यक्ष हमालले पूँजी बजारलाई जुवाघर भन्नु गलत भएको बताएका छन् । उनले पूँजी बजारलाई जुवाघर भन्नु गलत भएको र बुझाइमा पनि कमि भएको धारणा राखेका हुन् ।

‘बजारमा मोनोपोली हुनु हुँदैन, प्रतिस्पर्धा हुनुपर्छ, हामीले सी–आश्वा शुल्क घटाएका छौँ’ उनले भने ‘नेप्से र सेबोनले लिने शुल्कमा पनि घटाउन अध्ययन गरिरहेका छौं ।’

कार्यक्रममा उनले ब्रोकरको शाखा खोल्नका लागि बोर्डले अनुमती दिनुपर्ने भन्दा पनि योग्य ब्रोकर छन् भने उसले आफ्नो क्षमता अनुसार को शाखा खोल्न पाउनुपर्ने बताए ।

हमालले भेन्चर क्यापिटलका लागि २ वटा कम्पनीलाई लाइसेन्स दिइसकेको र यो साता भित्रमा थप ७ वटा कम्पनीलाई पनि अनुमति दिने जानकारी गराए ।

कार्यक्रममा अध्यक्ष हमालले सेयर बजारमा लगानीकर्ताको सहभागिता बढेसँगै अब पूर्ण डिजिटल कारोबार आवश्यक रहेको बताए । सेयर बजारलाई विकास गर्न भौतिक उपस्थिती भन्दा पनि डिजिटल हुनुपर्ने बताए । मार्जिन ट्रेडिङ गर्नका लागि पनि प्रविधिको विकास प्रभावकारी रुपमा हुनुपर्ने धारणा राखे ।

कार्यक्रमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले केन्द्रीय बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमा ४÷१२ करोडको नीति लिएको र अहिले ४ हटाएर १२ कायम राखेको भएपनि १२ पनि हटाउन खोजिरहेको बताए ।

कार्यक्रममा उनले मार्जिन ट्रेडिङ कार्यान्वयनका लागि राष्ट्र बैंकले गर्ने काम समयमा नै सम्पन्न गर्न तयार रहेको जानकारी गराए ।

कार्यक्रममा धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यले सेयर बजार विस्तार गर्न ब्रोकरको शाखा मात्रै विस्तार गरेर नपुग्ने र सँगसँगै वित्तीय साक्षरता पनि आवश्यक रहेको बताए । आचार्यले ब्रोकरले खोल्ने भनेको सब ब्रोकरको लागि बोर्डले निर्देशिका सशोधन गरिरहेको जानकारी गराए ।

कार्यक्रममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रबन्धक निरञ्जय फुँयालले मार्जिन कारोबारका लागि कार्यविधिले मात्रै नपुग्ने धितोपत्र बोर्डले वियमावली नै जारी गर्नुपर्ने बताए । बोर्डको निर्देशन पछि नेप्सेले वैशाख १५ गते मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि जारी गरेको छ । मार्जिन कारोबारका लागि यतिले मात्रै नपुग्ने उनको भनाइ छ ।

फुँयालले मार्जिन कारोबारका लागि सोर्स अफ फण्डको समस्या रहेको, ब्रोकरले कर्जा दिँदा उनीहरुको खर्च पनि बढ्ने बताए । उनले मार्जिन कारोबार सुरु भएपछि मार्जिंन र ट्रेड्रिङ खाता फरक फरक हुनुपर्ने धारणा राखे ।

बोर्डका निमित्त कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले मार्जिन कारोबार गर्नका लागि दुई वटा डिम्याट खाता हुनुपर्ने र त्यसले पुँजीगत लाभकर गणना गर्न सजिलो हुने उल्लेख गरे ।

कार्यक्रममा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष प्रियराज रेग्मीले मार्जिन कारोबार गर्नका लागि दुई वटा खातो खोल्न नेप्सेको सिस्टमले नदिएको गुनासो गरे ।

मार्जिन कारोबार भएपछि पुलमा पैसा राख्ने व्यवस्था गरेको स्मरण गराउँदै त्यो पैसामा कसको स्वामित्व हुने, लभकर ओषतमा गणना गर्ने, मार्जिन कारोबार बाट किनेको सेयर र अन्य सेयर एकै ठाँउ हुने हुँदा गणनामा समस्या हुने रेग्मीको भनाइ छ । २ वटा खाता खोल्न नेप्सेको सिस्टमले दिने हो भने मार्जिन कारोबार गर्न समस्या नआउने उनको बुझाइ छ । ब्रोकरले ल्याउने टिएमएसमा यस्तो सुविधा हुने उनको भनाइ छ ।

कार्यक्रममा ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले धितोपत्र बोर्डको अहिलेको ऐन कानुनले ब्रोकर कार्यालय उपत्यका बाहिर जान समस्या भएका बताए ।

बजार विकास विस्तारका लागि ब्रोकरको शाखा विस्तार हुनुपर्ने र त्यसो गर्दा ब्रोकरको खर्च बढ्ने उनको भनाइ छ । भारतमा ब्रोकरको १५÷२० वटा शाखा हुनेको हजार भन्दा बढी सब ब्रोकर रहेको स्मरण गराए । उनले नेपालमा पनि त्यो मोडलमा काम गर्न खोज्दा समस्या भएको बताए । उनले शाखा खोल्न, आधिकारिक प्रतिनिधि राख्ने विषयमा धितोपत्र बोर्डले समयमा काम नगरेको दाबी गरे ।

अधिकारीक प्रतिनिधि राख्ने विषयमा बोर्डले अध्ययन गरेको त्यो अध्ययन अहिले निस्कृय बनेको अध्यक्ष मैनालीले जानकारी गराए । ब्रोकरको करोडौ लगानी भएकोले काठमाडौंमा मात्रै बसेर नपुग्ने भन्दै काठमाडौं बाहिर जान नदिने हो भने व्यवसाय बन्द गर्नुपर्ने अवस्था आउने धारणा राखे ।

ब्रोकरलाई ब्रान्चलेस बनाउने हो भने सेयर बजार सबै नेपालीको घरघरमा पुग्ने उनको तर्क छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्टले ‘मार्जिन लेन्डिङ कन्सेप्ट, प्राक्टिस र मोडल’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै डा. भट्टले सेयर बजारमा लगानी गर्नु चूनौती पूर्ण रहेको र चूनौतीको समना गरेर लगानी गरे प्रतिफल पनि राम्रो पाउन सकिने बताए ।

बजारलाई स्थिर बनाउन, बजारमा लगानीयोग्य रकम (तरलता) प्रवाह गर्न मार्जिन कारोबार सुरु गर्न आवश्यक रहेको सुझाव दिए । यो सुरु गरेको खण्डमा दीर्घकालिन रुपमा बजारको विकास गर्न सघाउ पुग्ने तर्क गरे ।

नेपालमा सेयर धितो राखेर ऋण लिएपनि त्यो ऋण कहाँ लगानी गर्ने भन्ने स्पष्ट कानूनी व्यवस्था नरहेको गुनासो गरे । डा. भट्टले नेपालमा सेयर धितो राखेर लिएको ऋण सेयर बजारमा नै लगानी गर्नुपर्ने बाध्यात्मक अवस्था नरहेको उल्लेख गरे । ‘सेयर धितो राखेर लिएको ऋणले सेयर किन्नुपर्छ भन्ने छैन’ उनले भने,‘त्यो पैसा जहाँ लगानी गरेपनि कानूनले केही भन्दैन । यसमा कानून नै स्पष्ट छैन ।’

धितोपत्र बोर्डको निर्देशनको आधारमा नेप्सेले कार्यविधि जारी गरेको र त्यसको आधारमा मात्रै मार्जिन कारोबार सुरु गर्दा ब्रोकरले गर्ने कर्जा लगानीमा पनि पनि कानूनी जटिलता आउने तर्फ डा. भट्टले सचेत गराए । उनले धितोपत्र बोर्ड, राष्ट्र बैंक, नेप्से, ब्रोकर, बैंकर्स बसेर मार्जिन कारोबार छिटो सुरु गर्न सुझाव दिए । मार्जिन कारोबार सुरु गर्दा राष्ट्र बैंकले इमान्दार भएर हेर्नुपर्ने, ब्रोकर कम्पनी नैतिक हुनुपर्ने, सेबोनले कानुनी अडचल फुकाउनु पर्ने उनको सुझाव रहको छ ।

यस्तै कार्यक्रममा सेयर बजारका विज्ञ मनोज शाहीले ‘पुँजी बजारको भौगोलिक विस्तार’ सम्बन्धमा कार्यपत्र प्रस्तुत गरे ।  उनले पुजी बजार विकासका लागि उपयुक्त प्रविधि आवश्यक रहेको बताए । सेयर बजार विस्तारका लागि प्रविधि राम्रो हुनुपर्ने र त्यसले बजारमा देखिएका धेरै समस्या समाधान गर्ने बताए । नेपालमा कतिपय लगानीकर्ताले मोबाइल ट्रेडिङ सुरु गरेको भन्दै अब त्यही अनुसारको प्रविधिको विकास आवश्यक भएको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS