IME Life
GBIME

आज पनि घट्यो नेप्से, सबै उपसूचकमा गिरावट

SPIL
NLIC

काठमाडौं । आज नेप्से परिसूचक १८ दशमलव ३० अंकले बढेर २,०३९ दशमलव ५४ को विन्दुमा कायम भएको छ । आज १५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६८ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २१९ कम्पनीको ४२ लाख ३४ हजार १३७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ७४ लाख ६९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ११ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

त्यस्तै, रिडी हाइड्रोपावर कम्पनीको ९ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको ८ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको ७ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राद्यी विद्युत कम्पनीको ४ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभनदा धेरै अप हेवाखोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाउका हुन् । रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले ८ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ताले २ प्रशिततका दरले कमाएका छन् ।

मैलुङखोला जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ८२ प्रतिशतले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS