Connect IPS
IME Life

शुक्रवारको कारोबार बन्द गर्ने माग सहित लगानीकर्ताले संकलन गरे हस्ताक्षर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लगानीकर्ताहरुले शुक्रवारको कारोबार बन्द गर्न माग गर्दै नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीलाई हस्ताक्षर संकलन गरेर ज्ञापन पत्र बुझाएका छन् । सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरे संगै नेप्सेले आइतबारको सट्टामा शुक्रवार पनि कारोबार गर्ने निर्णय गरेको थियो । तर सरकारले आइतबार र  शनिवार दुई दिन सार्वजनिक विदा दिने निर्णय फिर्ता लिए पनि शुक्रवार पनि २ घण्टा कारोबार खुला गर्ने निर्णय अन्तर्राष्ट्रिय प्रचलन अनुसार नभएको भन्दै बन्द गर्न अनुरोध गरेका हुन् ।

उनिहरुले सातामा ५ दिन मात्रै कारोबार हुनु पर्छ भन्दै हस्ताक्षर संकलन गरेका हुन् । उनिहरुले सिइओ कार्कीलाई संकलित हस्ताक्षर हस्तान्तरण गरेका छन् । पछिल्लो समय शेयर बजार लगातार तल झर्न थाले पनि लगानीकर्ताहरु कारोबार दिन छोट्याउनु पर्ने माग गरिरहेका छन् । बजार बढेको वेलामा कारोबार समय र दिन बढाउनु पर्ने माग राख्ने लगानीकर्ताहरुले बजार घट्दा कारोबार समय र दिनमा जहिले पनि प्रश्न गर्ने गरेका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS