IME Life New

ठुला सरेण्डर गर्नेलाई सम्पत्ती शुद्धीकरण अन्तर्गत अनुसन्धान गरिदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागले ५० लाख भन्दा ठुला बीमा पोलिसीको सरेण्डर गर्ने अभिकर्ता तथा बीमितलाई अनुसन्धान गर्ने भएको छ । बीमा समितिले सम्पुर्ण बीमा कम्पनीहरु सँग ५० लाख भन्दा ठुला पोलिसीको सरेण्डर विवरण माग गरिसकेको छ ।

बीमा समितिले प्राप्त सूचनाका आधारमा संका लागेका विवरणलाई नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईलाई जानकारी गराउनेछ । उक्त विवरणलाई वित्तीय जानकारी इकाईले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई जानकारी गराउनेछ ।

Esewa
Crest

वित्तीय जानकारी इकाईबाट विश्लेषणको निष्कर्ष सहितको जानकारी प्राप्त भएमा विभागको प्रमुखले त्यस्तो उजूरी वा सूचनाका सम्बन्धमा प्रारम्भिक जाँचबुझ गर्नेछ । प्रारम्भिक जाँचबुझ गराउन विभागको प्रमुखले त्यस्तो उजूरी वा जानकारीको प्रकृति हेरी उपयुक्त समय दिई मातहतको कुनै अधिकृतलाई खटाउनेछ ।

प्रारम्भिक जाँचबुझबाट सम्पत्ति शुद्धीकरण तथा आतङ्कबादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर भएको वा हुन सक्ने मनासिब आधार भई अनुसन्धान कार्य अगाडि बढाउनु पर्ने देखेमा विभागको प्रमुख आफैंले अनुसन्धान गर्न वा आवश्यकता अनुसार विभागको कुनै अधिकृत कर्मचारी, अन्य सरकारी अधिकृत कर्मचारी वा सार्वजनिक संस्थाको कुनै अधिकृत कर्मचारीलाई अनुसन्धान अधिकृत नियुक्त गर्न वा तोक्न सक्नेछ ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्कबादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको आरोप लागेको वा कसूरमा संलग्न भएको वा सोको शंका गर्नु पर्ने मनासिब आधार भएको व्यक्तिलाई थुनामा राखेरै अनुसन्धान गर्नेछ ।

बीमा कम्पनीमा पनि यस्तो रकम आएको हुन सक्ने संका रहेको छ । बीमा कम्पनीले अण्डराइटिङमा कडाइ नगर्ने भएकाले भ्रष्टाचारका पैसा तथा अन्य गैरकानुनी कालोधन प्रयोग भएको हुन सक्ने अनुमान गरिदै आएको छ । नेपालमा अप्रत्यक्ष रुपमा यस्तो रकम प्रयोग भए नभएको जानकारी यहि अनुसन्धानबाट प्राप्त हुनेछ । यस बाहेक अभिकर्ता तथा बीमा कम्पनीकै कर्मचारीले टार्गेट पुरा गर्न ठुलो ठुलो रकमको बीमा गर्ने र उक्त बीमालाई सरेण्डर गर्ने लगत अभ्यास हुँदै आएको छ ।

यस्तो कार्यमा सबैभन्दा धेरै संलग्न हुने कर्मचारी तथा बीमा अभिकर्ताको अनुसन्धान गरिरहेको बीमा समितिले उनिहरुको सम्पत्तीको स्रोतको अध्ययन गर्न पनि एण्टी मनि लाउन्ड्रिङलाई सुम्पिने भएको छ । यदि बीमा क्षेत्रमा यस्तो रकम प्रयोग भएको पाइएमा बीमितलाई ठुलो कारबाही हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS