काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर नम्बर ५७ आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजलाई दुई स्थानमा शाखा कार्यालय सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ । बोर्डले आर्यतारालाई रुपन्देही जिल्लाको भैरहवा र पाल्पा जिल्लाको तानसेनमा शाखा कार्यालय खोल्न स्वीकृति दिएको हो ।
बोर्डले आर्यातारालाई नेपाल स्टक एक्सेन्ज सँग समन्वय गरेर प्रचलित कानुनी व्यवस्था अनुरुप कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।