काठमाडौं । केएनपी नेरोल्याकले आउँदै गरेको चाड पर्वलाई मध्यनजर गर्दै “पर्व सँग रङ्गमा दङ्ग” चाडपर्व अफर ल्याएको छ । ग्राहक केन्द्रित अफर, विशेष गरी चाडपवका लागि ७५ हजारसम्मको खरिदमा लागू हुनेछ ।
यो चाडपर्वमा, ग्राहकहरुले केएनपी नेरोल्याक बाट तीनवटा विशेष उपहारहरु प्राप्त गर्न सक्नेछन् । कम्पनीले माथि उल्लेखित मापदण्ड पूरा गर्ने हरेक खरिदका लागि केएनपी नेरोल्याक ब्रान्डेड ट्राभल ब्याग उपलब्ध गराउँदै आएको छ ।
त्यसैगरी, दोस्रो उपहारमा कम्पनीले ५० जना ग्राहकहरुलाई स्मार्टवाच उपलब्ध गराउने दाबी गरेको छ । तेस्रोमा भने एक जनालाई ५ लाखको बम्पर उपहार रहेको छ । पहिलो र दोस्रो उप–विजेतालाई लक्की ड्र मार्फत छनौट गरिने छ । केएनपी नेरोल्याकले केही वर्षदेखि चाडपर्व विशेष अफर संचालन गर्दै आएको छ ।
हरेक वर्ष आफ्ना ग्राहकहरुलाई केही आकर्षक उपहार प्रदान गर्दै आएको छ । सोही उत्साहलाई कायम राख्नका लागि अझै यस्ता थप अफरहरु ल्याउने कम्पनीको दाबी रहेको छ ।