काठमाडौं । हिम पर्वत हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा भदौ २२ गते हुने भएको छ । कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको छ । सभा विहान ११ः बजे हुने कम्पनीले जनाएको छ ।
उक्त सभा कमपनिको रजिष्टर्ड कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा हुने छ । सभाले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नुका साथै अन्य विविध एजेण्डाहरु पारित गर्नेछ ।