Connect IPS
IME Life

गुराँस लाइफको नाफा ४४%प्रतिशतले बढ्यो, खुद बीमा शुल्क ३ अर्ब ५ करोड हुँदा अधिकांश सूचकमा बृद्धि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरको छ । यस अवधिमा कम्पनीले अधिकांश सूचका प्रगति गरेको छ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले १७ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ४४ प्रतिशतले बढी हो ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले ३ अर्ब ५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ६३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा शुल्क १६ प्रतिशतले कमी हो ।

यस अवधिमा कम्पनीले १ अर्ब ६२ करोड ८५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६६ करोड २७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीले अभिकर्ता कमिशन मार्फत ३६ करोड ८३ लाख रुपैयाँ खर्चिएको छ ।

यस अवधिमा कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ८ रुपैयाँ ४० पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १३१ रुपैयाँ ७८ पैसा रहेको छ ।

२ अर्ब ८ करोड रुपैयाँ चुक्त पूँजी भएको कम्पनीको जगेडा कोषमा ५८ करोड ७४ लाख रुपैयाँ संचीति रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार बढेको हो । अघिल्लो आथिृक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ५३ करोड ८४ लाख रुपैयाँ थियो । जीवन बीमा कोषमा १२ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS