काठमाडौं । हिजो भारी अंकले बढेको बजार आज फेरी घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २४ दशमलव ८३ अंकले घटेर २,०४१ दशमलव ०६ को विन्दुमा कायम भएको छ । आज १२ कम्पनीको शेयर मुल्य बढेको छ भने १६९ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २२१ कम्पनीको ६४ लाख ६ हजार ७३८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको शेयर किनबेच भएको छ । कम्पनीको ४० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको८ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ५ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ५ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ५ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै अपर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । स्वाभिमान लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । कुमारी इक्विटी फण्डका इकाईधनीले २ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै युनिलिभर नेपालका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ६२ प्रतिशतका दरले गुमाएका हुन् ।