IME Life New

प्राइम लाइफको बीमा शुल्क १६ प्रतिशतले वृद्धि, व्यापार कति ? (रिपोर्ट सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं।  प्राइम लाइफले गत आर्थिक वर्ष (७८/७९ )को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार कम्पनीको कुल बीमा शुल्क आर्जन १६ दशमलव २२ प्रतिशतले वृद्धि हुँदै ४ अर्ब ६९ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष (७७/७८ ) मा कम्पनीले ४ अर्ब ४ करोड बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको नाफा गत आर्थिक वर्षमा २८ दशमलव ६१ प्रतिशतले घट्दै २२ करोड ८८ हजार पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३० करोड ८२ लाख थियो ।

२ अर्ब ७७ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ५३ करोड २९ लाख रुपैयाँ संचित छ भने जीवन बीमा कोषमा १ वर्षको अवधिमा २६ दशमलव २९ प्रतिशत वृद्धि हुँदै १८ अर्ब ५५ करोड पुगेको छ।

Esewa
Crest

प्रकाशित तथ्यांक अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ७ रुपैयाँ ९२ पैसा र किताबी मूल्य १२५ रुपैयाँ ६४ पैसा छ । गत आर्थिक वर्षमा १ अर्ब ४१ करोड कुल दावी भुक्तानी  गरेको कम्पनीले १ करोड ४६ लाख भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS