IME Life New

एकल बीमाशुल्क बीमालेखको खर्चबारे अध्ययन गर्दै बीमा समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एकल बीमाशुल्क लिएर जीवन बीमा कम्पनीबाट जारी गरिने सावधिक जीवन बीमा योजना खर्चिलो भएको गुनासो आएपछि बीमा समितिले अध्ययन थालेको छ । बीमा समितिले एकल बीमाशुल्कबाट बीमा कोषमा नकारात्मक प्रभाव परेको र बीमालेख समर्पणको विकृति बढेको व्यापक गुनासो पछि यसबारे अध्ययनको लागी चासो देखाएको हो ।

समितिले जीवन बीमक संघ नेपालका पदाधिकारीहरुलाई पनि एकल बीमाशुल्क वापत जारी गरिने बीमालेख सम्बन्धमा कुनै कमीकमजोरी भए सुधारका उपायहरु सुझाउन निर्देशन दिएको छ । बीमा समितिले एकल बीमाशुल्कवापत प्राप्त बीमाशुल्क, अभिकर्ता कमिशन,इन्सेन्टिभ र अन्य खर्चवापतको विस्तृत विवरण जीवन बीमा कम्पनीहरुसँग मागेर अध्ययन शुरु गरेको छ ।

Esewa
Crest

समितिले बीमालेख समर्पण भएको अवस्थासम्म बीमा कम्पनीले अभिकर्तालाई वितरण गरेको कमिशन, इन्सेन्टिभ, व्यवस्थापन तथा प्रवद्र्धनात्मक खर्च, समर्पण मूल्य सहितको विस्तृत विवरणलाई तुलनात्मक अध्ययन गरेर असयमै बीमालेख समर्पणका कारण बीमा कम्पनीलाई घाटा हुन नदिनको लागी आवश्यक नीतिगत निर्देशन जारी गर्ने संभावना औंल्याइएको छ ।

विशेषगरी ठूलो बीमांक र बीमाशुल्कसहितको एकल बीमालेख जारी गर्ने र समर्पण गर्ने न्यूनत्तम अवधि पुरा भएलगत्तै समर्पण गर्न लगाउने क्रम नियतवश बढेको आरोप लाग्दै आएको छ । जीवन बीमा कम्पनीको उच्च व्यवस्थापन र उच्च तहका अभिकर्ताहरुले वार्षिक व्यवसायीक लक्ष्य पुरा गर्नको लागी यस्तो सुविधाको बीमालेख बिक्री पनि गर्ने र समर्पण पनि गर्न लगाउने प्रवृत्ति प्रति बीमा समितिको नेतृत्वले असन्तुष्टी जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS