IME Life
GBIME

नेप्से १९ अंकले घट्दा १ अर्ब ७६ करोडको कारोबार, १५० कम्पनीको शेयर मुल्यमा गिरावट

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजा नेप्से परिसूचक १९ दशमलव ०६ अंकले घटेको छ । आज ३२ कम्पनीको शेयर मुल्य बढेको छ भने १५० कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।

आज २२३ कम्पनीको ६२ लाख ९८ हजार ६३८ कित्ता शेयर किनबेच भएको छ । आज १ अर्ब ७६ करोड १० लाख २३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभनदा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको ७ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

त्यस्तै, हिमालयन डिष्टिलरीको ६ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको ५ करोड ४६ लाखमाथिको शेयर कारोबार भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ४ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । दोर्दी खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ३ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् । जल्पा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै यूनिलिभर नेपालका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS