काठमाडौं । आज शेयर बजा नेप्से परिसूचक १९ दशमलव ०६ अंकले घटेको छ । आज २२३ कम्पनीको ६२ लाख ९८ हजार ६३८ कित्ता शेयर किनबेच भएको छ । आज १ अर्ब ७७ करोड १० लाख २३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभनदा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको ७ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिष्टिलरीको ६ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको ५ करोड ४६ लाखमाथिको शेयर कारोबार भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ४ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।