IME Life New

ज्योति लाइफले पाएको केयर एनपि त्रिपलबी आइएसको रेटिङ पुनः पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । रेटिङ एजेन्सी केयर रेटिङ्स नेपाल लिमिटेड (CRNL) ले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (JLIC) लाई दिइएको केयर एनपि त्रिपलबी आइएस’CARE-NP BBB (Is)’ को रेटिङ पुनः पुष्टि गरेको छ। साथै यसलाई विकासित प्रभावहरूको साथ क्रेडिट निगरानीमा राखिएको छ। केयर रेटिङ्सका अनुसार यस्तो मूल्याङ्कन गरिएका शेयर निष्काशक कम्पनीलाई नेपालमा वित्तीय दायित्वहरूको समयमै चुक्ता गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षा भएको मानिन्छ।

सूर्या लाइफसँग आपसमा गाभिने मर्जरको सम्झौता गरेपछि विकसित माथिको मूल्याङ्कनहरू मर्जरको घोषणा पछि विकासशील प्रभावहरूको साथ क्रेडिट निगरानीमा राखिएको छ। मर्जरपछि संयुक्त कारोबार सफलतापूर्वक अघि बढेमा र वित्तीय अवस्थाको स्पष्ट चित्र प्रकाशमा आएपछि रेटिङको पुनः मूल्यांकन गरिने केयर रेटिङ्सले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।

Esewa
Crest

JLIC लाई तोकिएको मूल्याङ्कनको पुनः पुष्टिले यसको अनुभवी बोर्ड र व्यवस्थापन टोलीको साथै मध्यम वित्तीय जोखिम, संयुक्त अनुपात (नोक्सानीको कूल, कमीशन र व्यय अनुपात) को साथै मध्यम स्तरको बीमालेख नविकरण दरलाई आधार मानिएको छ। यसबाहेक, यो मूल्याङ्कनमा कम्पनीको लगानी गरिएको सम्पत्तिको गुणस्तरबाट पनि बल पुगेको छ साथै पर्याप्त शाखा सञ्जाल मार्फत बढ्दो भौगोलिक पहुँच र प्रचलनमा सुधार गर्दै पूनर्बीमा व्यवस्था समेत सकारात्मक पक्षको रुपमा रहेको केयर रेटिङ्सले उल्लेख गरेको छ ।

यद्यपि, जेएलआईसीको सञ्चालनको छोटो ट्र्याक रेकर्ड र अत्यधिक प्रतिस्पर्धीमा उपस्थितिले रेटिङमा बाधा उत्पन्न भएको छ।
जीवन बीमा उद्योग सामान्य बजार हिस्सा, नियामकीय जोखिम पनि चुनौतीको रूपमा ‌औ‌ल्याइएको छ । बीमालेहरुमा विविधीकरण गर्दै कम्पनीको व्यापार वृद्धिको गतिलाई जारी राख्ने क्षमता र लगानी पोर्टफोलियोको गुणस्तर कायम राख्ने क्षमता मुख्य मूल्याङ्कन संवेदनशीलता हुनेछ।

यसबाहेक, नियामक सोल्भेन्सी अनुपात अनुसार समयमै वित्तीय दायीत्व पुरा गर्नको लागी १‍.५ अनुपात कायम राख्न सक्ने क्षमता पनि अनुगमनको चासो हुने प्रेस विज्ञप्तीमा उल्लेख छ । ज्योती लाइफले आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब १४ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आम्दानी गरेको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा बीमाशुल्क आम्दानी ६६ प्रतिशतभन्दा बढीले वृद्धि गर्न सफल भएको थियो । यसको लगानीमा औसत आम्दानी दर ९‍‌.७८ प्रतिशत रहेको थियो भने कूल सम्पतिमा प्रतिफल ५.२३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS