IME Life New

जीवन बीमालेख समर्पण गर्दै हुनुहुन्छ भने यस्ता पक्षमा जानकारी लिनुहोस्

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

जीवन बीमालेख समर्पण गर्नु भनेको बीमालेख सधैंका लागी रद्द गर्नु हो । यसरी रद्द गर्दा तपाईले समर्पण मूल्य पनि प्राप्त गर्नुहुन्छ । समर्पण मूल्य भनेको कुनै पनि बीमालेखको नगद मूल्यबाट समर्पण शुल्क कट्टा गरी बाँकी रहेको रकमहो । यदी तपाई समर्पण रोज्नुहुन्छ भने जोखिम रक्षावरण समाप्त हुन्छ र तपाईको मृत्युपछि तपाईको इच्छ्याइएको व्यक्ति वा कानूनीहकवालाले कुनै लाभ प्राप्त गर्न सक्ने छैनन् ।
बीमा नियामक बीमा समितिले २०७८ असार देखि लागू गरेको बीमालेख निर्देशिका २०७८ का अनुसार बीमालेखमा समर्पण मूल्य प्राप्त गर्न कम्तीमा ३ वर्षको किस्ता रकम पुरै भुक्तानी गरेको हुनुपर्छ । यसबाहेक बीमालेख जारी गरेको पनि ३ वर्ष पुरा भएको हुनुपर्छ । अन्यथा बीमितले चाहेर पनि बीमालेख समर्पण गर्न पाउँदैन ।

जीवन बीमालेख कहिले समर्पण गर्ने 
तपाईले बीमालेख समर्पण गर्दा नगद मूल्य वा समर्पण मूल्य कति बेला सर्वाधिक प्राप्त गर्न सकिन्छ भन्ने पक्षमा विचार पु¥याएर मात्र निर्णय लिनु बुद्धिमानी हुन्छ । यस्तो विचार पु-याउनुपर्ने केही पक्षहरुबारे यहाँ उल्लेख गरिएको छ ।

Crest

तपाईले राम्रो विकल्प फेला पार्नुभयो ?
बीमितको उमेर ढल्कदैं जाँदा बीमाशुल्क दर पनि उमेरसँगै बढ्दै जान्छ, र थपिंदै जाने नयाँ स्वास्थ्य समस्याहरुका कारण पहिलो पटक बीमालेख खरिद गर्दाको तुलनामा नयाँ बीमा गर्नु अझै महँगो पर्न सक्छ । तर बीमा कम्पनीहरुबीच बढ्दो प्रतिस्पर्धा, घट्दो पूनर्बीमाशुल्क, थप सुविधा सहितको नयाँ बीमालेख उपलब्ध भएर अझै सस्तो बीमा शुल्क दर र बढी जोखिमबहन र प्रतिफल दिने नयाँ बीमालेखको लागी योग्य हुन सक्ने मौका छ ।

उदाहरणको लागी,पहिलेको बीमालेखमा घातक रोगवापतको अधिकत्तम रक्षावरण तपाईको बीमांकभन्दा थोरै थियो, तर नयाँ बीमालेखमा बीमांक बराबर नै घातक रोगवापतको रक्षावरणको सुविधा उपलब्ध गराइएको हुनसक्छ । नेपालमा अधिकांश जीवन बीमा कम्पनीहरुमा बीमांक रकम जतिसुकै भएपनि घातक रोगवापत ५० लाख रुपैयाँभन्दा बढीको जोखिम रक्षावरण गरिएको छैन । तर भविष्यमा अझै बढी रकमको जोखिम रक्षावरण गर्ने सुविधा उपलब्ध हुँदा बीमितले आफ्नो पुरानो बीमालेखबारे पुनर्विचार गर्न सक्छन् ।

यसबाहेक तपाई व्यापार व्यवसायमा संलग्न हुनुहुन्छ, तपाईले गणना गरेको जोखिम मोलेरै भएपनि राम्रो प्रतिफलको संभावना छ भने तपाईले बीमालेख समर्पण गरेर प्राप्तहुने नगदलाई पूँजीको रुपमा लगानीगर्न सक्नुहुन्छ ।

तपाईको हालको बीमालेख समर्पण गर्नु अघि तपाईको नयाँबीमालेख चालू छ भनेर सुनिश्चित गर्नुहोस् । साथै नयाँ जीवन बीमालेख खरिद गर्नुअघि, तपाईलाई बीमाशुल्क वापतको रकम कर योग्य आयमा छुटको सुविधा उपलब्ध हुन्छ किहुँदैन भन्ने विचार गर्नुहोस् ।

तपाई बीमाशुल्क भुक्तानीलाई निरन्तरता दिन सक्नुहुन्न ?
सावधिक वा आजीवन बीमाको बीमाशुल्क दर म्यादी बीमाको तुलनामा झण्डै दश गुणा महँगो हुन्छ । यदि बीमाशुल्क वापत तपाईले तिर्नु परिरहेको रकम तपाईको बचत क्षमताले भ्याउने भन्दा बढी छ भने, तपाईले सस्तो बीमाशुल्क भएको र थोरै रकम तिर्दा पुग्ने म्यादी बीमालेख रोज्नु उपयुक्त हुन्छ । लागत तुलना गर्न म्यादी जीवन बीमालेखमा उपलब्ध जोखिम रक्षावरण सम्बन्धमा विचार गर्नुहोस् ।

तपाईले बैंक तथा वित्तीय संस्थामा आफ्नो घरजग्गा वा व्यवसायीक सम्पत्ति धितो राखेर कर्जा लिनु भएको छ । कुनै कारणवश कर्जा चुक्ता नगर्दै तपाईको निधन भइहाल्यो भने धितो सम्पत्ति बैंकले लिलाम गर्न सक्छ । यस्तो अवस्था आउन नदिनको लागी तपाईले कर्जा रकम बराबरको म्यादी जीवन बीमा लेख खरिद गर्न सक्नुहुन्छ ।

तपाईलाई जीवन बीमा आवश्यक नभएमा 
मानव जीवनको केही अवस्थाहरुमा जीवन बीमाको रक्षावरण आवश्यक नपर्न पनि सक्छ । उदाहरणका लागी,तपाई माथि अब परिवारको कुनै पनि सदस्य आर्थिक रुपमा निर्भर छैन भने तपाईलाई जीवन बीमा आवश्यक नपर्न पनि सक्छ । तपाईले बीमालेख नियमित गर्नु आर्थिक रुपमा नाफामूलक नहुन पनि सक्छ ।

तपाईलाई तत्कालै नगद आवश्यक छ 
यदी तपार्ई सामू एक्कासी कुनै ठूलो रकम खर्च गर्नुपर्ने वा लगानी गर्नुपर्ने बाध्यतात्मक अवस्था आइपुग्यो । तर तत्कालै कुनै तरल सम्पत्ति छैन भने नगद मूल्य प्राप्त जीवन बीमालेख समर्पण एउटा उपयुक्त विकल्प हुन सक्छ । तर यस्तो गर्दा तपाईको जीवनमा जीवन बीमाको वास्तविक आवश्यक्तामा कमी आएको अवस्था हुनुपर्छ ।

समर्पण मूल्य कसरी गणना गरिन्छ 
बीमा लेखको समर्पण मूल्य बीमा शुल्कको अंशमा आधारित हुन्छ, जसमा बीमितले जम्मा गरेको कूल बीमाशुल्क र बीमाशुल्क लगानी वापत बीमा कम्पनीले आर्जन गरेको ब्याज वा मुनाफा रकम जोडिएको हुन्छ । तर चुक्ता मूल्य वा नगद मूल्य गणना गर्दा बीमा कम्पनीले अभिकर्ता कमिशन, बीमा समितिलाई भुक्तानी गरिएको सलामी दस्तुर, पूनर्बीमाशुल्क, संचालन तथा व्यवस्थापन शुल्क लगायतको शुल्क समेत कटौती गर्छ । यो बाहेक तपाईले बीमालेख धितोमाकुनै कर्जा लिनुभएको छ वा बीमाशुल्क भुक्तानी गर्न बाँकी रहेको छ भने त्यस्तो रकम पनि कट्टा गरिन्छ ।

केही बीमालेखहरुमा समर्पण मूल्य वा पर्याप्त नगद मूल्य(क्यास मूल्य) प्राप्त हुन धेरै वर्ष कुर्नुपर्ने शर्त हुनसक्छ । जसले गर्दा तपाईले प्राप्त गर्ने नगद मूल्यवा समर्पण मूल्य पर्याप्त नहुनसक्छ । यस्तो अवस्थामा बीमालेख समर्पण गर्दा तपाईलाई आफूले बीमाशुल्क वापत भुक्तानी गरेको रकम समेत फिर्ता नपाउने अवस्था हुनसक्छ ।

सामान्यतया बीमालेख जारी गरेको ६ वर्षपछि क्रमशः समर्पण शुल्क घट्दै जान्छ । तपाईले समर्पण शुल्क(सपर्मण गर्दा बीमा कम्पनीले लिने शुल्क) आफूले भुक्तानी गरेको पुरै बीमाशुल्क फिर्ता लिन सकिने गरी घटेको अवस्था भए नभएको विषयमा बीमा कम्पनीको कर्मचारीसँग जानकारी लिनुपर्छ । तपाईले जति लामो समयसम्म बीमालेख चालू राख्नुहुन्छ,त्यति नै बढी नगद मूल्य प्राप्त हुन्छ ।
यसबाहेक तपाईले प्राप्तगर्ने समर्पण मूल्य तपाईले भुक्तानीग र्नु भएको बीमाशुल्क भन्दा बढी छ भने फरक रकममा तपाईले आयकर भुक्तानी गर्नुपर्छ ।

अर्को विचार पु¥याउनुपर्ने पक्ष के हो भने बीमालेख समर्पण गरिसकेपछि तपाईको ईच्छ्याइएको व्यक्ति वा कानूनी हकवालाले तपाईको मृत्युपछि बीमा कम्पनीबाट मृत्यु लाभ वापतको कुनै रकम प्राप्त गर्ने छैनन् । त्यसैले बीमालेख समर्पण गर्दा तपाईको वित्तीय योजनालाई तत्काल र दीर्घकालमा कस्तो प्रभाव पार्छ भन्ने पक्षमा विचार गर्नुपर्छ । तर तपाईलाई तत्कालै नगदको खाँचो छ, बैंक वित्तीय संस्थावा आफन्तजनबाट सापटी प्राप्त गर्न संभव छैन भने बीमालेख समर्पणबाट तपाईले एक घण्टा भित्रै नगद प्राप्त गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS