IME Life New

बैंक तथा इन्स्योरेन्स ग्रुप रामेछापद्वारा बूढाथोकिलाई १ लाख रुपैयाँ आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रामेछाप । बैंक तथा इन्स्योरेन्स ग्रुप रामेछाप ( BIG Ramechhap ) ले बूढाथोकिलाई आर्थिक सहयोग गरेको छ । यस ग्रुपले सिस्टेमिक स्क्लेरोसिस’ रोगबाट पीडित ज्योति बुढाथोकिको उपचारका लागि १ लाख ५ सय ३५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

स्थायी घर ओखलढुङ्गा लिखु गाउँपालिका ४ भई हाल मन्थलि नं पा १ रामेछापमा ब्यबसाय गर्दै बसेका धुर्ब बूढाथोकिको २१ वर्षीया छोरी ज्योति बूढाथोकिर्लाइ उपचारमा केही राहत मिलोस भन्ने उद्देश्यले बैंक तथा इन्स्योरेन्स ग्रुप रामेछाप ( BIG Ramechhap ) ले सहयोग गरेको हो ।  जिल्लामा कार्यारत बैंक तथा इन्स्योरेन्सका कर्मचारीहरुको आफ्नो इच्छा अनुरुपबाट संकलित उक्त रकम एनएमबी बैंकको खाता नं ०२१००१२३५३६००१२ मा पैसा जम्मा गरी पिडीतको बूबा धुर्ब बूढाथोकि र्लाइ बैंक भौचर हस्तानतरण गरेको हो ।

Esewa
Crest

उनी विगत पाँच महिनादेखि धुलिखेल अस्पतालमा उपचारत छिन् । उनलाई चार वर्षको उमेरमा दाहिने खुट्टाको कान्छी औँलामा हड्डीसम्बन्धी केही समस्या देखिएको थियो । पाँच वर्षको उमेरमा काठमाडौंको एक अस्पतालका डाक्टरहरूले उनको खुट्टामा फैलिएको स्वास्थ्य अवस्था पहिचान गरेपछि औँला काट्ने निर्णय गरे । उक्त रोगको संक्रमण फैलन नदिन उनको दाहिने खुट्टाको घुँडामुनिसम्म काटिएको छ ।

ज्योतिको उपचारको लागि हालसम्म ५० लाखभन्दा बढी खर्च भइसकेको उनको परिवारले बताएका छन् । काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्ट्समा मिडिया स्टडीमा अध्ययनरत ज्योतिले आफ्नो पीडा थाहा पाउने विभिन्न व्यक्तिबाट सहयोग पाउँदै आएकी छिन् ।

हाल ज्योति अत्यन्तै दुर्लभ र निको नहुने ‘सिस्टेमिक स्क्लेरोसिस’ नामक रोगबाट पीडित भएकी छिन् ।

बैंक तथा इन्स्योरेन्स ग्रुप रामेछापले जिल्लामा यस्ता अन्य सामाजिक तथा आर्थिक सहयोग लगायत विभिन्न सेवामुलक कार्यकमहरुको आयेजना गर्दै आएको छ । आगामी दिनहरुमा पनि यस ग्रुपले सामाजिक सेवा निरन्तर रुपमा गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS