Connect IPS
IME Life

अर्थमन्त्रीमा जनार्दनको पुनर्नियुक्तिले लगानीकर्ताको कन्फिडेन्स बढ्न सकेन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अर्थमन्त्रीको वहिर्गमन सँगै सुधारिएको शेयर बजार उनको पुनरागमनले घट्न थालेको छ । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको चौतर्फी विरोध भए पछि उनले राजिनामा दिएका थिए ।

विपक्षी दलका नेताहरुले शर्माको छानविनको माग राख्दै संसद अवरोध गरे पछि सभामुख अग्नी प्रसाद सापकोटाले संसदिय विशेष समिति गठन गरेका थिए । उक्त समितिले शर्मालाई क्लिट चिट दिए सँगै माओवादीले शर्मालाई नै अर्थमन्त्रीमा पठाएको हो । जवकी उनि यतिवेलासम्ममा अर्थमन्त्री पदका लागि असक्षम सावित भइसकेका छन् । यसले गर्दा पनि लगानीकर्ताको अर्थमन्त्री प्रति कन्फिडेन्स बढ्न नसकेको हो । आइतबार शेयर बजारमा तिव्र उतारचढावकै विचमा अन्तिममा सुधार भएको थियो । तर हिजो सोमबार र आज मंगलबार भने शेयर बजार घटेरै बन्द भएको छ ।

Prabhu
Crest

जसरी मौद्रिक नीतिको समयमा अर्थमन्त्रीको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री शेर बहादुर देउवा सँग गभर्नर महाप्रसाद अधिकारीले राम्रो समन्वय गरे । यहि कारणले दोस्रो बजारमा थप सुधार देखियो । तर अव अर्थमन्त्रीमा शर्मा नै आए पछि गभर्नर अधिकारी र शर्माको मनमुटाव सुरु हुनेछ । उनिहरु दुई विचको द्धन्दले गर्दा मौद्रिक नीतिको कार्यान्वयन पक्ष फितलो हुने तथा शेयर बजारलाई नै असर पार्ने खालका नीति लागु गर्न सक्ने जोखिम बढेको छ । यसले पनि लगानीकर्ता त्रसिद छन् ।

यदि गभर्नर अधिकारी अर्थमन्त्रीलाई असक्षम र असफल बनाउन लागि परे भने उनले सबैभन्दा पहिला शेयर बजारकै क्षेत्रमा हिट गर्नेछन् । यस क्षेत्रमा गरिएको हिटको गुञ्जाइस अन्य क्षेत्रमा हिट गरेको भन्दा बढि हुन्छ ।

अव अर्थमन्त्रीले गभर्नर अधिकारी सँगको सम्बन्ध कसरी अगाडी बढाउछन् भन्ने कुराले नै लगानीकर्ताको मनोविज्ञान तय हुने देखिन्छ । यदि दुबैले सौहार्द रुपमा सम्बन्ध बनाएर एक आपसमा मिलेर काम गरे पनि यसका समस्या नआउला तर भोलिका दिनमा के हुन्छ त्यो भन्न सकिने अवस्था छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS