IME Life New

डिशहोमको सेवाहरु अब अनलाइनबाट नै रिचार्ज गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिशहोमको सेवाहरु अब अनलाइनबाट नै रिचार्ज गर्न सकिने भएको छ। कम्पनीका अनुसार डिशहोमले प्रदान गर्ने सेवाहरु फाइबरनेट, डिटिएच र फाइबरनेट प्लस डिटिएच कम्बो अब नेपालमा उपलब्ध अनलाइन सेवा मार्फत गर्न सकिने जनाएको छ ।

कम्पनीका अनुसार अब आईएमई पे, ईसेवा, खल्ती र प्रभु पे मार्फत माथि उल्लेखित सेवाहरु सजिलै अनलाइन रिचार्ज गर्न सकिने भएको छ । रिचार्ज गर्ने क्रममा आफुले कुन सेवा लिनु भएको छ त्यसलाई राम्रो सँग बुझेर मात्र रिचार्ज गर्न कम्पनीले आग्रह गरेको छ।

Esewa
Crest

कम्पनीले भनेको छ ‘जस्तै DishHome DTH मात्र प्रयोग गर्नु भएको छ भने, TV segment मा गएर DishHome मा click गरेर recharge गर्न सकिन्छ । त्यस्तै DishHome Fibernet मात्र चलाउनु भएको छ भने, Internet segment मा गएर DishHome Fibernet मा click गरेर recharge गर्न सक्नु हुनेछ। र त्यस्तै Fibernet + DTH Combo, प्याकेज लिनु भएको छ भने यसको लागि पनि TV segment मा गएर DishHome Combo package मा click गरेर आफ्नो combo package recharge गर्न सक्नु हुनेछ ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS