Connect IPS
IME Life

प्रभु इन्स्योरेन्स २७ औ वर्षमा, ५ करोड पूँजीमा स्थापित कम्पनीको पूँजीकोष साढे २ अर्ब नाघ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी २६ औ वर्ष पुरा गरी २७ औ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आज भन्दा २६ वर्ष पहिले अर्थात २०५१ साउन १७ गते निर्जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो । सुरुवाति अवस्थामा ५ करोड रुपैयाँ पूँजी सहित स्थापना भएको थियो । आज उक्त ५ करोडको कम्पनी एक अर्ब २८ करोड रुपैयाँको भएको छ ।

एलायन्स इन्स्योरेन्स कम्पनीको नामबाट निर्जीवन बीमा ब्यवसाय शुभारम्भ गरेको यस कम्पनीलाई प्रभु समुहले लगानी गरे पछि नाम परिवर्तन गरि प्रभु इन्स्योरेन्स कम्पनी राखिएको थियो । प्रभु समुहले खरिद गरे सँगै शेयरधनीहरुले नियमित रुपमा लाभांश प्राप्त गर्दै आएका छन् । यस अवधिमा कम्पनीले एक पटक ४६ प्रतिशत र दोस्रो पटक ५० प्रतिशत हकप्रद मार्फत शेयरधनीहरु सँग ५० करोड ९१ लाख रुपैयाँ संकलन गर्यो ।

Prabhu
Crest

कम्पनीको पहिलो सञ्चालक समितिको अध्यक्ष गोविन्द दास श्रेष्ठ थिए । त्यस्तै पहिलो प्रवन्ध सञ्चालक शैलेन्द्र कुमार श्रेष्ठ थिए । कम्पनीले शेयरधनीहरुलाई हरेक वर्ष औषतमा पनि १४/१५ प्रतिशत हाराहारी प्रतिफल दिदै आएको छ । जसलाई औषतमा राम्रो प्रतिफल मानिन्छ ।

विगत ६/७ वर्षको अवधिमा कम्पनीले बीमा शुल्क आर्जनलाई दोब्बर बनाउन सफल भएको छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा ग्राहक, बीमा समिति, सरोकारवाला निकायहरु, शेयरधनीहरु, व्यवसायिक प्रतिष्ठनहरु एवं शुभचिन्तकहरु प्रति कृतज्ञता व्यक्त गरेको छ । साथै आगामी दिनहरुमा पनि सबैको हौसला, विश्वास र सहयोगको निरन्तरका लागि अपेक्षा गरेको छ । भोलिका दिनमा अझ सरल सुलभ ग्णस्तरीय एवं आधुनिक सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । कम्पनीलाई अझै बलियो र ससक्त बनाउनका गत असार ३१ गते प्रभुले अजोड सँग मर्जरको सहमति गरेको छ ।

प्रभुले ५४ वटा शाखा कार्यालय मार्फत निर्जीवन बीमाको सुविधा प्रदान गर्दै आएको छ । हाल प्रभुमा २२१ जना कर्मचारी कार्यरत छन् । अजोड सँग मर्जर पछि कम्पनीको नेटवर्क तथा कर्मचारी संख्या थप बढ्नेछ । मर्जर पछि पनि कम्पनीको नाम प्रभु नै रहने सहमति भएकाले आगामी दिनमा प्रभुले आफ्नो ब्राण्डलाई अझै विस्तार गर्न खोजेको छ ।

तिनकुनेमा आफ्नै भवनका साथ निर्जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेको कम्पनीको प्रतिशेयर नेटवर्थ अन्य कम्पनीको भन्दा राम्रो छ । कम्पनीले २० आना क्षेत्रफलमा बनेको अत्याधुनिक भवनमा कर्पोरेट अफिस सञ्चालन गर्दै आएको छ । यहि भवनले पनि कम्पनीको नेटवर्थ बढाउन महत्वपुर्ण भुमिका खेलेको छ । अहिलेकै अवस्थामा पनि प्रतिशेयर नेटवर्थ २१३ रुपैयाँ रहेको छ । पछिल्लो वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी १९ रुपैयाँ छ ।

कम्पनी सँग आजका दिनमा चुक्ता पूँजी, जगेडा कोष, बीमा कोष, महाविपत्ती जगेडा कोष सहित साढे दुई अर्ब भन्दा माथि छ । प्रभु समुहको प्रमुख लगानी रहेको प्रभु इन्स्योरेन्सले आजका दिनमा अन्य क्षेत्रमा जस्तै निर्जीवन बीमा व्यवसायमा पनि छुट्टै ब्राण्ड स्थापित गर्न सफल भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS