IME Life New

अण्डरराइटिङ अभ्यासमा कडाई गर्ने तयारीमा समिति, बीमा कम्पनीका सिइओहरुसँग माग्यो सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुको जोखिमांकन(अण्डराइटिङ)मा ठूलो कैफियत देखिए पछि सुधारका उपाय सुझाउनको लागी बीमा समितिले प्रमुख कार्यकारी अधिकृतहरुलाई निर्देशन दिएको छ ।

बाँके कोहलपुरका सुकुम्बासी यूवक सर्जन बिकको हत्याको घटनामा जीवन बीमा दाबी जोडिएपछि समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सबै बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई सामूहिकरुपमा निर्देशन दिंदै कुनै पनि हालतमा कमजोरी दोहोरिन नदिन चेतावनी दिएका छन् ।

Esewa
Crest

गत साता भएको छलफलमा जोखिमांकनमा हाल भइरहेको कमीकमजोरी दोहोरिन नदिनको लागी बीमा कम्पनी स्वयम् र नियामक निकायको रुपमा बीमा समितिले अपनाउनुपर्ने नियामकीय भूमीका सम्बन्धमा लिखित सुझाव पेश गर्न समेत प्रमुख कार्यकारी अधिकृतहरुलाई निर्देशन दिइएको छ ।

बीमा कम्पनीहरुले आफ्नो अण्डरराइटिङ नीति, सामान्य अण्डरराइटिङ मान्यता र अभ्यास, पूनर्बीमा नीतिको अधिनमा रहेर कुनै पनि बीमा प्रस्ताव स्वीकार्नुपर्छ । बीमा कम्पनीहरुले गर्ने यस्तो नियमित कार्यको सम्बन्धमा नियामक निकायको रुपमा बीमा समितिको संलग्नता हुँदैन ।

अध्यक्ष सिलवालका अनुसार अण्डरराइटिङमा देखिएको समस्या समाधान गर्नको लागी नियामकको तर्फबाट बीमा कम्पनीहरुलाई कसरी नियमन र निर्देशन गर्नुपर्छ भन्नेबारे स्वयम् सिइओहरुबाट नै सुझाव माग गरिएको जानकारी दिए ।

व्यापारिक लक्ष्य पुरा गर्नैपर्ने दबाब र तनावका बीच जस्तोसुकै बीमा प्रस्ताव पनि सहजै स्वीकार्ने प्रवृत्ति पछिल्लो समयमा बीमा कम्पनीहरुबीच बढ्दै गएको छ । वित्तीय जोखिमांकन, स्वास्थ्य जोखिमांकन, बीमा गर्ने मनशायको सम्बन्धमा पूर्ण सन्तुष्ट भएर मात्र बीमा प्रस्ताव स्वीकार्नु पर्ने भएपनि जानाजान जोखिम मोल्ने प्रवृत्तिले निर्दोष बीमितको हत्या समेत भएको छ ।

जोखिमांकनमा देखिएको समस्या सम्बोधन गरेर सुधारात्मक उपाय अपनाउनको लागी बीमा समिति र बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतहरुबीच यस विषयमा आउँदो आइतबार
गम्भीर छलफल हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS