Connect IPS
IME Life

बीमितको बोनसदर सार्वजनिक गरेका तीन कम्पनीले अझै बुझाएनन् वित्तीय विवरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमितको बोनसदर सार्वजनिक गरेका चार जीवन बीमा कम्पनी मध्ये तीन कम्पनीले अझै बीमा समितिमा वित्तीय विवरण बुझाउन सकेका छैनन् । एक्चुरियल मूल्याङ्कन पछि बीमा कम्पनीहरुले सम्पत्ती तथा दायित्वको मूल्याङ्कन गरेर वित्तीय विवरण तयार पार्छन् ।

एक्चुरियल मूल्याङ्कन पछि यो काम गर्न खासै ठुलो समय लाग्दैनन् । कम्पनीहरुले एक्चुरियल मूल्याङ्कन लगत्तै वित्तीय विवरण तयार पार्ने र साधारणसभा आह्वान गर्ने गर्छन् । हालसम्म मेट लाइफ, एशियन लाइफ, ज्योति लाइफ र आइएमई लाइफले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को एक्चुरिय मूल्याङ्कन गरी बोनसदर सार्वजनिक गरेका छन् ।

Prabhu
Crest

जस मध्ये मेट लाइफले गत आर्थिक वर्षमै वित्तीय विवरण स्वीकृत गराइसकेको छ । तर समितिका अनुसार उक्त तीन कम्पनीले अझैसम्म पनि बीमा समितिमा वित्तीय विवरण बुझाउन सकेका छैनन् । समितिका अनुसार राष्ट्रिय बीमा संस्थान र गुराँस लाइफले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सैद्धान्तिक स्वीकृति लिइसकेका छन् । संस्थाले एक्चुरियल मूल्याङ्कन नै नगरी दुई तीन आर्थिक वर्षको वित्तीय विवरण बुझाए पछि समितिले पहिला एक्चुरियल प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । संस्थानलाई महालेखापरीक्षकको कार्यालयले ताकेता गरे पछि महालेखाको आखा छल्न अपरिपक्व विवरण पेश गरेको थियो । संस्थान केहि हरहिसाव नमिल्दा एक्चुरियल मूल्याङ्कन नै हुन सकेको छैन ।

त्यस्तै गुराँस लाइफ पनि वित्तीय विवरण तथा एक्चुरियल प्रतिवेदन बनाउने कार्यक्रमा धेरै ढिलो हुने गरेको छ । तर गुराँस लाइफले आर्थिक वर्ष २०७६/७७ को बोनसदर समेत सार्वजनिक गरिसकेको छ । गुराँसले २०७७/७८ को एक्चुरियल मूल्याङ्कनको काम पनि अगाडी बढाएको छ । मर्जरको क्रममा रहेकाले पनि कम्पनीले अघिल्लो आर्थिक वर्षको एक्चुरियल मूल्याङ्कन गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS