Connect IPS
IME Life

इक्रा नेपालले यूनियन लाइफको रेटिङलाई विकासशील प्रभावसँगै निगरानी सूचीमा राख्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इक्रा नेपालले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई दिइएको जारीकर्ताको रेटिङलाई विकासशील प्रभावसँगै निगरानी सूचीमा राखेको छ । इक्राएनपिआइआर त्रिपल बी रेटिङ पाएको यूनियन लाईफलाई इक्रा नेपालले हालैको मर्जर सम्झौताका कारण बदलिंदो परिवेशसँगै निगरानीमा राख्ने आवश्यक्ता भएको उल्लेख गरेको छ ।

यो रेटिङले वित्तीय दायीत्वहरूको समयमै पूर्तिको सन्दर्भमा सुरक्षाको मध्यम स्तरको मानिन्छ। वित्तीय दायीत्व पुरा गर्ने सन्दर्भमा बीमा समितिले जारी गरेको सोल्भेन्सी मार्जिन(सोधन क्षमता) १.५ हुनुपर्नेमा आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणमा बोनशको लागत सहित जोड्दा यूनियन लाईफको जम्मा सोल्भेन्सी मार्जिन जम्मा १.३४ रहेको थियो । आर्थिक वर्ष २०७७/७८ मा १.५ प्रतिशत रहेको छ । बीमांकी मूल्यांकन स्वीकृत भई नसकेको हुँदा आर्थिक वर्ष २०७८/७९ को सोल्भेन्सी अनुपात यकीन हुन सकेको छैन । सोल्भेन्सी अनुपातले वित्तीय दायीत्व पुरा गर्नको लागी कम्पनीसँग रहेको सम्पत्तिको अनुपातको तुलना गर्छ ।

Prabhu
Crest

यूनियन लाइफ इन्स्योरेन्सले प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्सँग गाभ्ने गाभिने(मर्जर) को सम्बन्धमा सम्झौता गरेको छ । यी तीनवटै कम्पनीहरुको विस्तृत वित्तीय मूल्यांकन र स्वाप रेशियो निर्धारण पछि एकीकृत कारोबारको लागी विस्तृत सम्झौता हुने छ ।

गत आर्थिक वर्ष २०७८/७९ को नौ महिने कारोबारको आधारमा इक्रा नेपालद्वारा गरिएको मूल्यांकन अनुसार यूनियन लाईफको शेयर लगानीमा प्रतिफल दर क्रमशः घट्दै गएको छ । आव। २०७७/७८ मा प्रतिफल दर ५.१ प्रतिशत रहेकोमा गत आवको तेश्रो त्रैमाससम्ममा जम्मा १.१ प्रतिशतमा सीमित भएको छ ।

गत आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार तीनवटै जीवन बीमकले गरेको लगानी तथा कर्जा प्रवाहबाट प्राप्त आम्दानीको दर ९.६ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS