IME Life New

रिपोर्ट आएका वाणिज्य बैंक मध्ये “इपिएस” र “पीई”को आधारमा कुन “अण्डरभ्यालुड” ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल १२ वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमासको रिपोर्ट सार्वजनिक गरेका छन् ।  जस मध्ये ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकको मर्जरको कारण शेयर कारोवार रोक्का छ । ग्लोबल आइएमई बैंक बैंक अफ काठ्माण्डूसँग र नेपाल इन्भेष्टमेण्ट बैंक मेगा बैंकसँग मर्जर  प्रक्रियामा छन्।

रिपोर्ट निकाल्ने वाणिज्य बैंकमा सनराइज बैंक, प्रभु बैंक, एनसीसी बैंक, माछापुछ्रे बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, लक्ष्मी बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन्।

Esewa
Crest

१०  वटा वाणिज्य बैंकहरुको प्रति शेयर आम्दानी,बजार मुल्य र मुल्य आम्दानी अनुपातको आधारमा गरिएको अध्ययन :

प्रति शेयर आम्दानीको आधारमा
१० वाणिज्य बैंक मध्ये सबैभन्दा अघि एनआईशी एशिया बैंक रहेको छ । बैंकको प्रति शेयर आम्दानी ३९ रुपैयाँ १३ पैसा रहेको छ । त्यसैगरी सबै भन्दा थोरै प्रति शेयर आम्दानी लक्ष्मी बैंकको रहेको छ । बैंकको प्रति शेयर आम्दानी १३ रुपैयाँ ८८ पैसा रहेको छ ।

आसौतमा १० वाणिज्य बैंकहरुको प्रति शेयर आम्दानी २२ रुपैयाँ ११ पैसा देखिन्छ । करपछिको नाफालाई कुल शेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई प्रतिशेयर आम्दानी भन्ने गरिन्छ । कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कुल शेयर संख्याले भाग गर्दा प्रतिशेयर आम्दानी प्राप्त हुन्छ । प्रतिशेयर आम्दानी शेयरको मूल्य मूल्यांकन मापन गर्ने एक महत्त्वपूर्ण आधार हो । प्रति शेयर आम्दानी उच्च भएकोलाई असल मानिन्छ भने कम भएकालाई कमसल मानिन्छ।

मूल्य आम्दानी अनुपातको आधारमा
मुल्य आम्दानी अनुपातको आधारमा सनराइज बैंकको अनुपात सबै भन्दा थोरै छ । कम्पनीकोे मूल्य आम्दानी अनुपात ९ दशमलव ९१ गुणा रहेको छ । त्यसैगरी सबैभन्दा धेरै मुल्य आम्दानी अनुपात स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात १९ दशमलव ३२ गुणा छ ।

१० वाणिज्य बैंकहरुको औसत मूल्य आम्दानी अनुपात १४ गुणा रहेको छ। कम्पनीको शेयरको बजार मूल्य र प्रतिशेयर आम्दानीबीचको अनुपात प्राइस टु अर्निङ (पिई) रेसियो हो । १० देखि २० गुणासम्मका तुलनात्मक रुपमा सुरक्षित हुन्छन, २० भन्दा माथिका जोखिमयुक्त हुन्छन् ।  

नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS