IME Life New

भव्यताका साथ सञ्चार मन्त्रीले गरे मेरो बीमाको उद्घाटन, बीमालाई डिजिटल युगमा प्रवेश गराउदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूचना तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपालकै सबैभन्दा ठुलो इन्स्योरेन्स एग्रिगेटर ‘मेरो बीमा’को औपचारिक उद्घाटन गरेका छन् । सञ्चार मन्त्री कार्कीले आज होटल मेरीयेटमा आयोजना भएको एक विशेष कार्यक्रममा मेरो बीमाको वेवसाइट www.merobeema.com.np को उद्घाटन गरेका हुन् ।

Esewa
Crest

कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, नेपाल राष्ट्र बैंकको तर्फबाट डेपुटी गभर्नर नीलम ढुङ्गाना तिम्सिना लगायतको उपस्थिति थियो । त्यस्तै आरविआई इंडिया सेवा समितिका अध्यक्ष डा. अमिताभ राजन, मेगा बैंकका निर्देशक तथा लगानी बोरुड नेपालका सदस्य बाल कृष्ण सिवाकोटी, मेगा बैंकका निर्देशक तथा पर्यटन बोर्ड सदस्य मदन कुमार आचार्यको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता मेरो बीमाका अध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पुर्व निर्देशक डा. विष्णु प्रसाद गौतमले गरेका थिए ।

उक्त कार्यक्रममा विभिन्न बैंक तथा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र सूचना प्रविधिका प्रमुखको उपस्थिति रहेको थियो । इंडियाबाट विभिन्न पदाधिकारीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा दुई सय भन्दा धेरैको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पूव बीमा कर्मी तथा मेरो बीमाका संस्थापक कोषराज सुबेदीले मेरो बीमाको डिजिटल अवधारणाको बारेरमा जानकारी दिनुका साथै यसको भविष्यको बारेमा प्रष्ट्याएका थिए । रिलायन्स लाइफका डिसिइओ निराजन कंडेल, युनाइटेड इन्स्योरेन्सकी सिइओ उपासना पौडेल, प्राध्यापक इ.महेश सिंह कथायत, डिआजीइ अरुण कुमार भण्डारी, डिएसपि सौरभ राज ओन्तले डिजिटल इन्स्योरेन्सका विषयमा प्यानलिष्टको रुपमा आ-आफ्नो तर्फबाट प्रस्तुति दिएका थिए । ‍

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS