IME Life New

एचआईडिसीएलले साउन १५ गतेदेखि संस्थापक शेयर लिलामीमा विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि संस्थापक शेयर लिलाम गर्ने भएको छ । कम्पनीले यस अघिको लिलाममा बिक्रि नभएको २ करोड ७८ लाख ९ हजार ४ सय ८० कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको हो ।

यस लिलामीको शेयरमा साउन २९ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर लिलाम प्रक्रियाको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

Esewa
Crest

कम्पनीको संस्थापक शेयर HIDCLP सिम्बलबाट र साधारण शेयर HIDCL सिम्बलबाट कारोबार हुनेछ । कम्पनीले संस्थापक शेयरधनीहरुको शेयर नयाँ संकेत अनुसार संस्थापक शेयरधनीको खातामा जम्मा भईसकेको जनाएको छ ।

कम्पनीका अनुसार बोलकबोल प्रकृयाद्वारा बिक्री गरिएको शेयर खरिद गर्ने शेयरधनीहरु समूह “क” को उपसमूह “क २” अन्तर्गतको “अन्य संस्थापक” उपसमूहमा रहनेछन्। उक्त शेयर बाँडफाँड भई नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएपश्चात् “HIDCLP सङ्केतमा कारोबार गर्न योग्य हुने छ र प्रबन्धपत्रको दफा ६ को खण्ड (छ) मा भएको व्यवस्था अनुसार नेपाल स्टक एक्सचेञ्ज मार्फत सो शेयर खरिद गर्ने शेयरधनीहरु समेत समूह “क” को उपसमूह “क २” अन्तर्गतको “अन्य संस्थापक” उपसमूहमा नै रहनेछन्।

उक्त शेयरमा आवेदन दिंदा नागरिकता प्रमाणपत्रको प्रतिलिपि र संस्थाले आवेदन दिने हकमा आवेदनको साथमा कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि, प्यान नं  र शेयर खरिद गर्ने सम्बन्धी माइन्यूट संलग्न गर्नु पर्नेछ ।

आवेदन फारम ग्लोबल आइएमई क्यापीटल , नक्साल तथा ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरू क्रमशः विर्तामोड , हनुमानदास रोड, विराटनगर, जनकपुर, आर्दशनगर(वीरगंज , हेटौडा , नारायणगढ , न्यूरोड पोखरा, बुटवल(मिलनचोक, बाग्लुङ्ग, नेपालगंज त्रिभुवन चोक , सुर्खेत, घोराही, दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट लिन तथा बुझाउन सकिने छ ।

कम्पनीले यस अघि असार ५ गतेदेखि असार १९ सम्म ३ करोड ३० लाख कित्ता शेयर लिलाममा ल्याएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS