Connect IPS
IME Life

नेपाल लाईफ र नेशनल लाईफलाई दाँजेर हेर्दा

SPIL
NIC ASIA new
Sanima Reliance


नेपाल लाईफ इन्स्योरेन्स र नेशनल लाईफल इन्स्योरेन्स नेपालमा राम्रो संगै स्थापित लाईफ इन्स्योरेन्स कम्पनीमा पर्दछन । दुई बीमा कम्पनीलाई दाँजेर हेर्दा नेपाल लाईफ इन्स्योरेन्सले उछिनेको देखिन्छ ।

नेपाल लाईफ इन्स्योरेन्स, नेशनल लाईफल इन्स्योरेन्सलाई इन्स्योरेन्स खबर टिमले गरेको तुलनात्मक अध्ययन

Prabhu
Crest

प्रमुख गतिविधि

नेपाल लाईफ इन्स्योरेन्स आर्थिक वर्ष ७४/७५ को लाभांस प्रस्ताव गर्ने पहिलो इन्स्योरेन्स कम्पनी भएको छ । कम्पनीको संचालक समितिको बैठकले २५ प्रतिशत बोनस शेयर र २३ दशमलव ५ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांस बीमा समिति बाट स्वीकृत भए पश्चात कम्पनीको साधारण सभाले पारित गरेपछि शेयर धनीले प्राप्त गर्ने छन् ।

यता नेशनल लाइफ इन्स्योरेन्सले बल्ल आर्थिक वर्ष ७३/७४ को साधारण सभा चैत्र १५ गते गर्दै छ । कम्पनीले साधारण सभामा १३ दशमलव ५ प्रतिशत बोनस शेयरको प्रस्ताव लैजादै छ । कम्पनीले चैत्र १ गते बुक क्लोज गरेकोमा फाल्गुन ३० गते सम्म कायम शेयर धनीले सो लाभांस प्राप्त गर्ने छन् ।


चुक्ता पूँजीको आधारमा
बीमा समितिले जीवन बीमा कम्पनीलाई २ अर्ब पूँजीको लक्ष्य दिएकोमा नेपाल लाईफ र नेशनल लाईफले दुवैले सो लक्ष्य हासिल गरेको छ । नेपाल लाईफ इन्स्योरेन्सको न्युनतम चुक्ता पूँजी भन्दा दुई गुणा पुँजी छ । नेपाल लाईफको पुँजी ४ अर्ब ३९ करोड रुपैँया छ भने नेशनल लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब छ ।

नेशनल लाईफको चैत्र १५ गते गर्ने आर्थिक वर्ष ७३/७४ को वार्षिक साधारण सभामा कम्पनीले १३ दशमलव ५ प्रतिशत बोनस शेयर दिदै छ । सो साधारण सभाको लागि बुक क्लोज भैसकेको कारणले गर्दा सो प्रस्तावित बोनस शेयरलाई पुँजीमा समायोजन गर्दा कम्पनीको पुँजी ३ अर्ब पुगेको छ ।

जगेडा कोषको आधारमा
जगेडा कोषमा नेपाल लाईफ नै अघि छ । नेपाल लाईफको जगेडा कोषमा ३ अर्ब ७३ करोड संचित छ भने नेशनलको जगेडामा ९५ करोड ५१ लाख रुपैया छ ।

जीवन बीमा कोषको आधारमा
जीवन बीमा कोषमा नेपाल लाईफ अघि छ । नेपाल लाईफको जीवन बीमा कोषमा ५६ अर्ब ७३ करोड छ भने नेशनल लाईफको जीवन बीमा कोषमा २३ अर्ब ७१ करोड रुपैयाँ संचित छ ।

कुल र खुद बीमा शुल्क आर्जन रकमको आधारमा
नेपाल लाईफले १० अर्ब ६० करोड कुल बीमा शुल्क आर्जन गरको छ भने १० अर्ब ४७ करोड खुद बीमा शुल्क आर्जन गरेको छ भने नेशनल लाईफ इन्स्योरेन्सले ३ अर्ब ८ करोड कुल बीमा शुल्क आर्जन गरको छ भने २ अर्ब ९८ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

खुद नाफाको आधारमा
खुद नाफाको आधारमा नेपाल लाईफ अघि छ । यो ६ महिनाको अवधिमा नेपाल लाईफले २८ करोड ५ लाख खुद नाफा गरेको छ भने नेशनल लाईफ इन्स्योरेन्सले १७ करोड ११ लाख खुद नाफा गरेको छ ।

नेपाल लाईफको प्रति शेयर आम्दानी १२ रुपैया ७६ पैसा, नेशनल लाईफको प्रति शयर आम्दानी ११ रुपैयाँ ३८ पैसा छ । प्रति शेयर आम्दानीलाई वार्शिकरण गरिएको छ । यद्यपि, जीवन बिमा कम्पनीको हकमा एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ।

कुल कायम रेहको बीमालेख संख्याको आधारमा
नेपाल लाईफ इन्योरेन्समा १२ लाख ९ हजार बीमा लेख कायम छन् भने नेशनल लाईफमा ७ लाख बीमा लेख संख्या कायम छन ।

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS