IME Life New

तीन बीमा कम्पनीले बोनसदर सार्वजनिक गर्दा १६ कम्पनीको बाँकी, कुन कम्पनीको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष सकिएको एक वर्ष वितिसक्दा पनि अझै १६ कम्पनीले बीमितले प्राप्त गर्ने बोनसदर सार्वजनिक गर्न सकेका छैनन् । अहिलेसम्म तीन बीमा कम्पनीहरुले मात्रै आर्थिक वर्ष २०७७/७८ को बोनसदर सार्वजनिक गरेका छन् । फ्युचर बोनस प्रोभिजनिङले अलमलिएका बीमा कम्पनीहरुलाई बीमा समितिले अनौपचारिक रुपमा सहजिकरण गरिदिदा पनि एक्चुरियल मूल्याङ्कन गर्न सकिरहेका छैनन् ।

हालसम्म मेट लाइफ, एशियन लाइफ र ज्योति लाइफले मात्रै बोनसदर सार्वजनिक गरेका छन् । बीमा समितिले कम्पनीहरुलाई घोषित रुपमा ५ वर्ष भित्रमा सत प्रतिशत फ्युचर बोनस प्रोभिजनिङ गर्नु पर्ने व्यवस्था गरेको छ । तर अधिकाम्स बीमा कम्पनीको बोनसदर अहिले नै धेरै नै घट्ने भएकाले थप दुई वर्ष दिनु पर्ने माग थियो । समितिले आन्तरिक रुपमा कम्पनीहरुलाई यसको पनि स्वीकृति दिइसकेको छ ।

Esewa
Crest

यस वर्षको बोनसदर घोषणामा ढिलाइ हुनुको अर्को कारण वैदेशिक रोजगार बीमालेख पुल मार्फत सञ्चालन हुँदा पुल व्यवस्थापकले समयमा तथ्याङ्क नदिएर पनि भयो । केहि पुल सञ्चालकले यसमा लफडा गरेपछि बीमा समितिले पुल नै खारेज गरिदिएको छ । तर कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ तथा २०७८/७९ को दायित्वलाई भने एक्चुरियल मूल्याङ्कनमा देखाउनु पर्नेछ ।

यस आर्थिक वर्षमा सबैभन्दा पहिला मेट लाइफले बोनसदर सार्वजनिक गर्यो । कम्पनी वैदेशिक रोजगार बीमालेखको पुलमा सहभागी थिएन । अर्को तर्फ मेट लाइफ सँग आफ्नै एक्चुरी रहेका छन् । यसले गर्दा पनि कम्पनीले आर्थिक वर्ष समाप्त हुनु भन्दा धेरै पहिला एक्चुरियल मूल्याङ्कन गर्न सफल रह्यो ।

मेट लाइफको बोनसदर

मेट लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७७/२०७८(१६ जुलाई २०२० देखि १५ जुलाई २०२१) सम्मको आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बिमाङ्कीय प्रतिवेदन बीमा समितिबाट पारित भएसँगै कम्पनीबाट जारी बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

साथै कम्पनीको अर्को बिमाङ्कीय मुल्याङकन बीमा समितिबाट स्वीकृत नभएसम्मको लागि आर्थिक वर्ष २०७७/७८ कै बोनसदर मुनाफामा सरिक हुने बीमालेखहरुमा, मृत्यु दाबी , पुर्ण वा आंशिक अवधि दाबी भुक्तानी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखहरुमा यस बोनसदर कायम हुने जनाएको छ ।

कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

सावधिक जीवन बीमालेख (इन्डोमेन्ट प्लान)

कम्पनीले सावधिक जीवन बीमालेखको हकमा न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको सावधिक जीवन बीमालेखमा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६० रुपैयाँ निर्धारण गरेको छ । १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ८० रुपैयाँ बोनसदर कायम गरेकोे छ ।

कम्पनीले सबैभन्दा धेरै १ देखि १५ देखि वर्ष अवधिको यस बीमालेख ४ हजार ७ सय ९० वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

शिक्षा संरक्षण जीवन बीमालेख (एजुकेशन प्रोटेशन प्लान)

शिक्षा संरक्षण जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ६० रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । कम्पनीको सावधिक जीवन बीमालेखमा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६० रुपैयाँ निर्धारण गरेको छ । १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ८० रुपैयाँ बोनसदर कायम गरेकोे छ ।

कम्पनीले सबैभन्दा धेरै १ देखि १५ वर्ष अवधिको यस बीमालेख मात्रै २३ हजार २ सय २३ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको हकमा भने कम्पनीले न्युनतम ४५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । यस बीमालेखमा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४५ रुपैयाँ निर्धारण गरेको छ । १६ देखि २० वर्ष अवधिको लागि ५५ रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ६५ रुपैयाँ बोनसदर कायम गरेकोे छ ।

कम्पनीले सबैभन्दा धेरै १ देखि १५ वर्ष अवधिको यस बीमालेख १९ हजार १ य ९३ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनश प्राप्त गर्ने छन् ।

एशियन लाइफ

एशियन लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७।७८ को लागी बोनसदर प्रकाशन गरेको छ । भावी बोनस(फ्यूचर बोनस) का कारण आ.व. २०७६।७७ मा बोनसदरमा गिरावट आएकोमा यसपटक सुधार देखिएको छ ।

बीमा समितिबाट साउन १ गते बीमांकीय प्रतिवेदन स्वीकृतिसँगै बोनसदर समेत स्वीकृत भएपछि कम्पनीले मंगलबार बोनसदर सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको बोनसदरका अनुसार प्रति हजार रुपैयाँ बीमांकमा प्रति वर्ष न्यूनत्तम ४० देखि अधिकत्तम ७५ रुपैयाँसम्म बोनसदर घोषणा गरिएको छ ।

सावधिक तथा आजीवन बीमालेख अन्तर्गत १४ वर्षे अवधिसम्मको ५० रुपैयाँ, १५ देखि १९ वर्षे अवधिको ५५ रुपैयाँ, २० देखि २४ वर्षे अवधिको ६० रुपैयाँ र २५ वा सोभन्दा बढीका अवधिको ७५ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै बालबालिकाको सावधिक तथा अन्य सावधिक जीवन बीमा योजनाको बोनश दर ५० देखि ६० रुपैयाँ कायम गरिएको छ। १४ वर्षे अवधिसम्मको ४० रुपैयाँ, १५ देखि १९ वर्षे अवधिको ४५ रुपैयाँ, २० देखि २४ वर्षे अवधिको ५३ रुपैयाँ र २५ वर्षे वा सोभन्दा बढी अवधिको लागी ६० रुपैयाँ बोनसदर रहेको छ ।

बीमा अवधि पुरा नहुँदै निश्चित किस्तामा रकम फिर्ता पाइने अग्रिम भुक्तानी सावधिक बीमा योजनामा १० र १२ वर्षेको ५० रुपैयाँ, १५ वर्षेको ५५ रुपैयँँ,१८ वर्षेको ६० रुपैयाँ,२० वर्षेको ६५ रुपैयाँ र २५ वर्षेको ७० रुपैयाँ तोकिएको छ।

नवरत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभको हकमा १४ वर्षे अवधिसम्मको ४० रुपैयाँ, १५ देखि १९ वर्षे अवधिको ४२ रुपैयाँ, २० देखि २४ वर्षे अवधिको ५० रुपैयाँ र २५ वर्षे वा सोभन्दा बढी अवधिको ६० रुपैयाँ बोनसदर रहेको एशियन लाईफ इन्स्योरेन्सले जानकारी दिएको छ ।

कूल ब्यापारमा बाल जीवन बीमाको हिस्सा अधिक

कुल बीमालेख बिक्रीमध्ये बालबालिकाको सावधिक जीवन बीमा र सामान्य सावधिक जीवन बीमालेखको संख्या अन्य बीमालेखको तुलनामा ठूलो संख्यामा बिक्री गरेको छ । बालबालिका सम्बन्धी १ लाख ६८ हजार ८ सय २८ वटा जीवन बीमालेख जारी गरेको छ । यसैगरी १ लाख ३१ हजार ६ सय ९९ वटा सावधिक बीमालेख जारी गरेको छ ।

सबैभन्दा थोरै संख्यामा बिक्री भएको बीमालेखमा २५ वर्षे वा त्यो भन्दा बढी अवधिको अग्रिम भुक्तानी सावधिक बीमालेख जम्मा २२ वटा जारी गरेको छ । त्यस्तै अग्रिम भुक्तानी सावधिकमै १० वर्षे अवधिको बीमालेख पनि जम्मा ३८ वटा जारी गरेको छ ।

ज्योति लाइफ

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७७/२०७८  को नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक आर्थिक वर्ष २०७७/२०७८  को लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएका बिमाङ्कीय प्रतिवेदन बीमा समितिको २०७९  श्रावण ६  गतेको पत्र मार्फत स्वीकृत भई २०७८  अषाढ मसान्तसम्ममा जारी भएका कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा दिने बोनस दर प्रतिहजार न्युनतम रुपैयाँ २० देखि ७५ रुपैयाँसम्म घोषणा गरेको हो ।

सावधिक जीवन बीमालेख

सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । कम्पनीले सावधिक जीवन बीमालेखमा ९ वर्ष सम्म अवधिको लागि ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ४५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको अवधिका लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको २८ हजार ७ सय ३६ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

सावधिक तथा आजीवन बीमालेख

सावधिक तथा आजीवन बीमालेखको हकमा पनि कम्पनीले न्युनतम ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा लागि ९ वर्ष सम्म अवधिको लागि ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक तथा आजीवन बीमालेखमा ७५ रुपैयाँ बोनसदर तोकेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको ५ हजार १०  वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

अग्रिम भुक्तानी बीमालेख

अग्रिम भुक्तानी बीमालेखको हकमा कम्पनीले न्युनतम ४३ रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले अग्रिम भुक्तानी बीमालेखमा १० देखि १४ वर्ष अवधिको लागि ४३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपैयाँ बोनसदर तोकेको कम्पनीले जनाएको छ ।

यस बीमालेखमा कम्पनीले सबैभन्दा धेरै २० देखि २४ वर्षअवधिको ३  हजार १ सय  ३५  वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले ५० रुपैयाँ बोनस पाउनेछन् ।

ज्योति ईजी पे  बीमालेख

ज्योति ईजी पे बीमालेखको हकमा कम्पनीले न्युनतम २०  रुपैयाँदेखि ३०  रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले  ईजी पे बीमालेखमा १० देखि १४ वर्ष अवधिको लागि २०  रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा २५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ३०  रुपैयाँ बोनसदर तोकेको कम्पनीले जनाएको छ ।

यस बीमालेखमा कम्पनीले १५ देखि १९ वर्ष अवधिको ८  सय ९६  वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार २५  रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS