IME Life New

व्यवसायिक रणनीति बनाउन थाले बीमा कम्पनी, गत वर्षको समिक्षा सँगै टार्गेट सेट गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भए सँगै बीमा कम्पनीहरु व्यवसायिक रणनीति बनाउनमा जुटेका छन् । अहिले अधिकाम्स बीमा कम्पनी आन्तरिक व्यवसायिक रणनीतिका लागि विभागिय प्रमुख तथा शाखा प्रमुखहरु सँग छलफल गरिरहेका छन् ।

गत आर्थिक वर्षमा तोकिएको टार्गेट पुरा गर्नेलाई सम्मान तथा प्रोत्साहन गर्नेदेखि लिएर हौसला बढाउन विभिन्न कार्यक्रम गरिरहेका छन् । सँग सँगै कितपयले नयाँ टार्गेट पनि सेट गर्न भ्याइरहेका छन् । चालु आर्थिक वर्षमा कम्पनीलाई कसरी अगाडी बढाउने भन्दै प्रमुख कार्यकारी अधिकृतहरु मार्केटिङ विभाग सहित शाखा प्रमुखहरु सँग छलफलमा जुटेका छन् ।

Esewa
Crest

कम्पनीले वार्षिक योजना, नीति तथा कार्यक्रमहरु तयार पारेर बीमा समितिमा पेश गर्नु पर्छ । यस्तो नीति तथा कार्यक्रममा बीमा कम्पनीहरुले शाखा विस्तार, कर्मचारी नियुक्ति, व्यवसायिक योजना, कार्यालय प्रयोजनका लागि आवस्यक पर्ने सूचना प्रविधिमा लगानी, कार्यालय भवन प्रयोजनका लागि घर जग्गा खरिद लगायतका योजना बनाएका हुन्छन् ।

यस वर्ष बीमा समितिले मर्जरका लागि फोर्स गरिरहेकाले बीमा कम्पनीहरुको ध्यान मर्जरलाई सफल पार्ने तर्फ रहेको छ । सानिमा लाइफ र रिलायन्स लाइफले मर्जर पछिको सिइओको चयन गर्दा कार्यमूल्याङ्कन गरेर मात्रै चयन गर्ने घोषणा गरेको छ । यस्तो अवस्थामा दुबै कम्पनीका सिइओले आफ्नो कार्यक्षमता देखाउन पनि फरक रणनीति बनाउनु पर्ने हुन्छ । अर्को तर्फ मर्जरको सहमति गरेका साथै सिइओ पनि सुनिश्चित भएका कम्पनीहरुको हकमा भने वाहिरिने सुनिश्चित भएका सिइओको प्रस्तुति भने तुलनात्मक रुपमा कमजोर रहन सक्छ ।

बीमा व्यवसाय मार्केटिङमा आधारित व्यवसाय भएको हुँदा अहिले कम्पनीहरु सबैभन्दा धेरै मार्केटिङ विभाग सँग बढी छलफल गरिरहेका छन् । यहि विभागले चालु आर्थिक वर्षमा शाखा प्रमुख, मार्केटिङ विभाग प्रमुखदेखि लिएर मार्केटिङ अधिकृतहरुलाई समेत टार्गेट सेट गर्ने काम गरिरहेको छ ।

३/४ वर्ष अगाडी बीमा कम्पनीहरुले शाखा प्रमुख तथा अभिकर्ताहरुलाई वार्षिक टार्गेट मात्रै दिने गर्थे । जसले गर्दा वर्षको अन्तिम समयमा मात्रै व्यवसाय हुने गर्थ्यो । अहिले बीमा कम्पनीहरुले कर्मचारी तथा अभिकर्ताहरुलाई साप्ताहिक, मासिक, अर्धवार्षिक तथा वार्षिक टार्गेट दिने गरेका छन् । यसरी तोकिएको टार्गेट पुरा गर्ने कर्मचारी तथा अभिकर्ताहरुलाई विभिन्न इन्सेन्टिभका कार्यक्रमहरु पनि अहिले नै तय हुन्छ । गत वर्ष हरेक बीमा कम्पनीहरुले मासिक रुपमा टार्गेट सेट गर्ने अभ्यास थियो । सिजन र महिनाको विशेषताका आधारमा इन्सेन्टिभ पनि फरक फरक थियो ।

बीमा कम्पनीहरुले यो सबै काम यहि महिना भित्रमा सक्नु पर्छ । साथै बीमा समितिलाई पनि यस्ता योजना पेश गर्नु पर्छ । योजनामा रहेका कतिपय व्यवस्थाहरु प्रति समितिले चित्त नबुझाएमा तुरुन्त संसोधन तथा फिर्ता लिन लगाउने गरेको छ । त्यसैले अहिले अधिकाम्स बीमा कम्पनीका कर्मचारीहरु काठमाडौं भित्रका नाम चलेका होटल तथा काठमाडौं बाहिरका होटल रेष्टुरेन्टमा छन् । जीवन तथा निर्जीवन दुबै किसिमका कम्पनीहरुले लगातार छलफल तथा अन्तर्क्रिया गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS