Connect IPS
IME Life

मर्जर पछि सानिमा र रिलायन्स लाइफको सिइओ अगम कि राकेश ? कार्यसम्पादनले तय गर्ने !

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका सानिमा लाइफ र रिलायन्स लाइफको मर्जर कमिटीले मर्जर पछि बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि फरक अभ्यास गर्ने भएका छन् । प्राय मर्जरमा कम्पनीको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतका लागि ठुलो विवाद हुने गरेको छ । यहि कारणले मर्जर भाडिने समेत गरेका छन् ।

मर्जरको सहमति हुनुभन्दा अगाडी पहिलो तहमा सञ्चालक तथा प्रमुख लगानीकर्ता हुन्छ । उनिहरुविचमा प्रमुख कार्यकारी अधिकृतले सूचना आदानप्रदान गर्ने काम गर्दछन् । जुन कम्पनीमा सञ्चालकहरु विचमा सिइओ हाबी हुन्छ त्यस्ता कम्पनीले आफ्नो पहिलो वार्गेनिङ स्वाप रेसियो भन्दा पनि मेरो सिइओ राख्नु पर्छ भनेर छलफल सुरु गर्छन् । तर कतिपय यस्ता कम्पनी हुन्छन्  जहाँ अध्यक्ष तथा सञ्चालक र प्रमुख लगानीकर्ता नै कम्पनीको सम्पुर्ण निर्णय प्रकृयाँमा हाबी हुन्छन् त्यस्ता कम्पनीमा प्रमुख कार्यकारी अधिकृत केबल एक कर्मचारीको हैसियतमा मात्रै रहन्छ ।

Prabhu
Crest

यदि सञ्चालक तथा प्रमुख लगानीकर्ता हाबी भएको कम्पनी छ भने उनिरुले जहिले पनि सक्षम र सवल सिइओको खोजी गर्छन् । तर अध्यक्ष तथा सञ्चालकहरु खासै सक्रिय नभएको कम्पनीमा सिइओ हाबी हुन्छन् । तर यथार्थ के हो भने मर्जरमा गएका कम्पनीहरु मध्ये एक जनाले मात्रै अध्यक्ष र एक जनाले मात्रै सिइओको भुमिका प्राप्त गर्छन् । यसले गर्दा एउटा प्रमुख कार्यकारी अधिकृतको जागिर स्वत सकिन्छ । कि त जुनियर र सिनियरका आधारमा जुनियर सिइओ डिसिइओमा बस्न सक्नु पर्यो होइन भने बाहिरिनु पर्यो ।

त्यसैले मर्जर पछि बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृत र अध्यक्षमा विद्यमान एक/एक जनाले त्याग्नै पर्ने हुन्छ । तर सानिमा लाइफ र रिलायन्स लाइफको संयुक्त मर्जर कमिटीले भने हाल कायम प्रमुख कार्यकारी अधिकृतको कार्यसम्पादन तथा मूल्याङ्कनका आधारमा तय गर्ने मापदण्ड बनाएको छ । कम्पनीका अनुसार अव सानिमा लाइफका अगम मुखिया तथा रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल मध्ये दुबै जनाको कार्यसम्पादन तथा मूल्याङ्कन हुनेछ । यहिबाट मर्जर पछि बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृत को हुन्छ बल्ल तय हुनेछ ।

अनुभवका आधारमा अगम मुखिया अगाडी छन् । सानिमाले मुखियालाई २०७७ असोजमा सिइओमा नियुक्त गरेको थियो । तर रिलायन्सका पोखरेलले भने गत माघदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृत सम्हाल्दै आइरहेका छन् । अनुभवका आधारमा पोखरेल भन्दा मुखिया अगाडी छन् । बीमा शुल्क आर्जनको सूचिमा हेर्ने हो भने सानिमा भन्दा रिलायन्स लाइफ अगाडी छ । संस्थागत सुशासन हेर्ने हो भने केहि हदसम्म सानिमा माथि छ । मर्जर अन्तिम टुङ्गोमा नपुगुन्जेल दुबैले आ-आफ्नो काम गर्नेछन् । जव मर्जरको अन्तिम अवस्थामा पुग्दछन् । जस मध्ये एक जनाले सिइओको बाजी मार्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS