IME Life New
GBIME

अब देखि बैदेशिक रोजगारमा जानका लागि स्वास्थ्य बीमा अनिवार्य गर्नुपर्ने

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

अब देखि बैदेशिक रोजगारमा जाने कामदारले सरकारद्धारा सञ्चालिन स्वास्थ्य बीमा गरेको हुनुपर्नेछ । सामाजिक स्वास्थ्य बीमा नियमावली २०७५ मा गरिएको व्यवस्था कामदारले श्रम स्वीकृति लिदाँ अनिवार्य रुपमा स्वास्थ्य बीमाको परिचाय पत्र समेत समावेश गरेको हुनुपर्नेछ । तर, स्वास्थ्य बीमा कार्यक्रम लागू नभएका जिल्लाको हकमा भने यो व्यवस्था अनिवार्य गरिएको छैन ।

Crest

स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँन सरकारले यस्तो खालको व्यवस्था गरेको बोर्डले बताएको छ ।
नागरिकको स्वास्थ्य रहन पाउँने अधिकारलाई सुरक्षित गर्न सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य बीमा बोर्डले गाउँ गाउँमा दर्ता सहयोगी खटाएको छ । दर्ता सहयोगीको मार्फत कार्यक्रममा सहभागी सकिने छ ।

त्यसैगरी बीमा व्यवस्थापन सूचना प्रणाली मार्फत विद्युतीय दर्ता प्रणाली मार्फत पनि कार्यक्रममा सहभागी हुन सकिने छ । कार्यक्रममा आबद्ध हुनका लागि सरकार वा अन्र्तगतको निकायबाट जारी गरिएको परिचय खुल्ने जुनसुकै लिखतलाई आधार मान्न सकिनेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS