Connect IPS
IME Life

अपर हेवा खोला हाइड्रोपावरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आइपिओ आजदेखि निष्काशन तथा बिक्री बन्द हुने भएको छ । कम्पनीले असार २४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आइपिओमा माग भन्दा धेरै आवेदन परे पछि पहिलो चरणमै बिक्री बन्द गरेको हो ।

कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यमा १५ करोड बराबरको १५ लाख कित्ता सेयर जारी गरेको हो । आवेदकहरूले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् ।

Prabhu
Crest

जारी गरिएको कित्तामध्ये कम्पनीले २ प्रतिशत अर्थात् ३० हजार कित्ता सेयर कर्मचारीहरूको लागि र ५ प्रतिशत अर्थात‍् ७५ हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याएको  छ। यीबाहेक बाँकी १३ लाख ९५ हजार कित्ता सेयर सर्वसाधारणको लागि जारी गरिएको हो । आइपिओ जारी भएसँगै कम्पनीको चुक्ता पुँजी ५० करोड पुग्ने बताइएको छ । कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड नियुक्त गरिएको छ ।

हाल कम्पनीले संखुवासभा जिल्लामा बुट (बनाउने, स्वामित्व लिने, सञ्चालन गर्ने र पछि हस्तान्तरण गर्ने) मोडल अन्तर्गत ८.५ मेगावाटको रन-अफ रिभर अपर हेवाखोला साना जलविद्युत आयोजना बनाइरहेको छ । आयोजनाको प्रवर्धन विभिन्न संस्था तथा पृष्ठभूमिका व्यक्तिहरूले गरिरहेका छन् ।

कम्पनीलाई उसको दीर्घकालिन ऋणको लागि केयर रेटिङ नेपालले डबल बी रेटिङ दिएको छ । कम्पनीले एक महिना अघि पाएको यो रेटिङले दायित्व भुक्तानीको आधारमा कम्पनीको जोखिम मध्यम रहेको संकेत गर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS