IME Life New

जीवन बीमा कम्पनी बीचको मर्जरमा बोनश दरको चुनौती ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मर्जर सम्झौता गरेको छोटो समयमै दुई निर्जीवन बीमक हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले मर्जर प्रकृया टुंग्याएका छन् । साउन १ गतेबाट शुरु हुने नयाँ आर्थिक वर्षदेखि नै एकीकृत कारोबार शुरु गर्ने घोषणा समेत गरेका छन् ।

बैशाख २२ गते मर्जर सम्झौता गरेकोमा मर्जर प्रकृया टुंग्याएर बीमा समितिबाट हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नामबाट कारोबार गर्न असार ६ गते नै स्वीकृति प्राप्त गरिसकेका छन् ।

Crest

बैशाख २९ गते मर्जर सम्झौता गरेका तीन जीवन बीमा कम्पनीहरु प्राइम लाईफ, गुराँस लाईफ र यूनियन लाईफ इन्स्योरेन्सले मर्जरको सम्झौता गरे पनि मर्जर प्रकृया पुरा हुन बाँकी रहेको छ । यी बीमकको विस्तृत लेखा परिक्षण कार्य सम्पन्न भएर बीमांकी मूल्यांकनको क्रममा रहेको सम्बद्ध श्रोतले जानकरी  दिएको छ ।

निर्जीवन बीमा कम्पनीमा छोटो अवधिको दायीत्व हुने भएकाले बीमांकी मूल्यांकन तुलनात्मकरुपमा सरल र छिटोछरितो हुन्छ । जीवन बीमा कम्पनील कम्तीमा ५ वर्षदेखि २५ वर्षसम्मको दायीत्व स्वीकार्ने भएकाले बीमांकी मूल्यांकन र वित्तीय स्थिति मूल्यांकनको काम जटिल र समय लाग्ने हुन्छ ।

फरक फरक व्यवसायीक अभ्यास, जीवन बीमा योजना, बोनश दर, जनशक्ति, बजारीकरणको रणनीतिको कारणले जीवन बीमा कम्पनीबीचको मर्जर कार्य सहज छैन ।

कूल व्यापारमा ठूलो हिस्सा ओगटे पनि उच्च संचालन खर्चको कारण थोरै प्रतिफल दिने जीवन बीमकभन्दा थोरै व्यापार गरेपनि धेरै प्रतिफल दिन सक्षम कम्पनीहरु बीमांकी मूल्यांकनमा अब्बल हुन्छन् ।

मर्जरको प्रकृयामा रहेका नयाँ र पुराना जीवन बीमा कम्पनीहरुबीच बोनश दरको भिन्नताको कारण पनि उच्च बोनश दर हुने बीमा कम्पनीले कमजोर बोनश दर हुने कम्पनी गाभ्दा कम्पनीको साख र व्यवसायमै असर पर्ने जोखिम हुन्छ । व्यवसायमा दीर्घकालीन असर पार्न सक्ने जोखिमका कारण पनि वित्तीय स्वस्थ्यता रहेको बीमा कम्पनीले कमजोर वित्तीय स्वस्थ्यता रहेको कम्पनी गाभ्दा लाभ भन्दा हानी बढी हुने भएकाले बीमांकी मूल्यांकन र वित्तीय स्वास्थ्यस्थितिको परिक्षण पछि मर्जर सम्झौता रद्ध हुन सक्ने संभावना पनि कायमै रहन्छ ।

जीवन बीमा कम्पनीले बीमितसँग निश्चित वर्ष पुरा भएपछि बीमांक र बोनश रकम सहित एकमुष्ठ भुक्तानी गर्ने लिखित करार गरेका हुन्छन् । बीमा अवधि पुरा नहुँदासम्म बीमकको दायीत्व कायमै रहन्छ । जीवन बीमकले बीमालेख बिक्री गर्दा थोरै बीमाशुल्कमा उच्च जोखिम बहन गर्ने गरी बीमितसँग सम्झौता गरेको छ भने यसले वित्तीय जोखिम बढाउँछ ।

पुराना बीमा कम्पनीहरुले बोनश दरलाई नै बीमालेख बेच्ने मुख्य अस्त्र बनाउँदै आएकाले बोनश दरलाई नै आधार मानेर बीमा गर्ने वा बीमा गर्दाको बोनश दर कति छ, बीमा अवधि समाप्ती पछि कति बोनश पाइन्छ भन्नेबारे चासो राख्नेहरुको बहुसंख्यक छन् । पछिल्लो समयमा जोखिम बहनलाई प्राथमिकता दिएर म्यादी बीमालेखहरु जारी गरिए पनि बीमा अवधि पुरा भएपछि पैसा फिर्ता नपाइने म्यादी जीवन बीमा योजना अझै पनि बीमितको प्राथमिकता सूचीमा पर्न सकेको छैन । यसकारण पनि बोनश दरले अझै केही वर्ष बजारलाई निर्देशित गरिरहने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS