Connect IPS
IME Life

मर्जरमा कर्मचारी समायोजन सबैभन्दा चुनौतिपुर्ण , कसरी होला १२ हजार कर्मचारीको व्यवस्थापन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले केहि दिन अगाडी सम्पुर्ण बीमा कम्पनीहरुलाई मर्जरका क्रममा पद घटुवा नगर्न तथा खाइ पाइ आएको तलब सुविधा भन्दा नघटाउने गरी काम गर्न निर्देशन दिएको छ । नेपालमा मात्रै नभएर विश्वमै मर्जरको क्रिटिकल पार्टको रुपमा कर्मचारी व्यवस्थापनलाई लिइन्छ । मर्जर असफल हुने एउटा प्रमुख कारण कर्मचारी व्यवस्थापन गर्न नसकेर पनि हो । अहिले बीमा क्षेत्रमा १२ हजार हाराहारी कर्मचारी छन् ।

Prabhu
Crest

हालसम्म मर्जर प्रकृयाँमा ९ वटा कम्पनीले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन् । हिमालयन र एभरेष्ट इन्स्योरेन्स मर्जरको अन्तिम प्रकृयाँमा छन् । उनिहरुले एकिकृत कारोबारको तयारी समेत गरिसकेका छन् । हाल हिमालयनमा २२५ जना र एभरेष्टमा २२० जना कर्मचारी छन् । मर्जर पछि ४४५ जना पुग्नेछन् ।

त्यस्तै केहि समय अगाडी युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । यो मर्जर सफल भए सँगै बन्ने कम्पनीमा एक हजार २९ जना पुग्नेछ । मर्जर पछि कर्मचारीको संख्या एक हजार नाघ्ने भएकाले यि कम्पनीका कर्मचारीहरु अहिले त्रसिद छन् । ज्योति लाइफ र सूर्या लाइफले पनि मर्जरमा जाने सहमति गरेका छन् । हाल ज्योतिमा ४०४ जना र सूर्या लाइफमा ४०५ जना कर्मचारी छन् । मर्जर पछि ८०९ जना कर्मचारी हुनेछन् ।

मर्जर लगत्तै सबैभन्दा पहिला एउटा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जागिर धरापमा पर्छ । मर्जर पछि दुई जना सिइओ बन्ने अवस्था रहदैन । यदि एउटा सिइओ सहमत भएमा सिनियर डिसिइओ जस्तो पद शिर्जना गरेर व्यवस्थापन गर्न सकिने विज्ञहरु बताउछन् ।

सिइओ पछि डिसिइओको व्यवस्थापन पनि चुनौतिपुर्ण छ । कतिपय बीमा कम्पनीहरुमा दुई तीन जनासम्म डिसिइओ छन् । अव मर्जर पछि कम्तिमा पनि तीन चार जना डिसिइओ हुन्छन् । कम्पनीले सबैलाई डिसिइओलाई धान्न सक्दैन । आपसी सहमतिमा अहिलेलाई विभिन्न विभागको जिम्मेवारी दिएर कार्यविभाजन गरिए पनि भविष्यमा भने यो समस्याकै रुपमा रहन्छ ।

अर्को तर्फ बीमा समितिले मर्जर पछि कर्मचारीको पद घटुवा गर्न नपाउने व्यवस्था गरेको छ । धेरै डिसिइओ भए भन्दै पद घटाएर पनि राख्न पाइदैन । कतिपय कम्पनीहरुमा यहि कारणले पनि मर्जर गर्न गाह्रो परिरहेको छ ।

विगत तीन चार वर्षको अवधिमा बीमा कम्पनीहरुमा कर्मचारीको मुभमेन्ट अत्याधिक धेरै भयो । नयाँ कम्पनीहरुले सुरु सुरुमा अनुभवी कर्मचारी नपाउदा पुराना कम्पनीमा काम गरेका कर्मचारीलाई दुई तीन तहसम्म बढाएर नियुक्ति गरे । अझ कतिपय कर्मचारीहरुले ६/६ महिनामा कम्पनी छाड्दै तीन चार तह बढुवा गर्न सफल भए । यसरी कम्पनीहरु विच कर्मचारी ताना तान गर्ने अस्वस्थ प्रतिस्पर्धाले कतिपय अयोग्य कर्मचारीहरु माथिल्लो पदमा पुगेका छन् ।

५/७ वर्ष अगाडी सँगै काम सुरु गरेका दुई जना मध्ये एक जना माथि भनिए जस्तै गरी तीन चार तह माथि पुगिसकेको हुन्छ । मर्जर पछि उनिहरुलाई एउटै कम्पनीमा काम गर्ने अवस्था आयो भने पक्कै पनि असहज अवस्थाको सिर्जना हुन्छ । यसरी तीन चार तह पद बढाउने कर्मचारी परिपक्व, अनुभवी र परिस्थितिलाई व्यवस्थापन गर्न सक्ने हुँदैन । त्यसैले मोटिभेसन गर्न गाह्रो पर्छ ।

मर्जर पछि स्वभाविक रुपमा कम्पनीको आकार ठुलो हुन्छ । एउटा कम्पनीको व्यवस्थापन गर्दै आएको सिइओले दुई वटा कम्पनीलाई व्यवस्थापन गर्नु पर्ने हुन्छ । मर्जर पछि कायम हुने प्रमुख कार्यकारी अधिकृतको क्षमताले मर्जर नै सफल असफल हुने भन्ने कुरा तय हुन्छ । यस्तो अवस्थामा उसले ट्याक्टफुल्ली ह्याण्डल गर्न सक्नु पर्छ ।

हरेक लगानीकर्ताहरुलाई लगानीको प्रतिफल सँग मतलब हुन्छ भने कर्मचारीहरुलाई आफ्नो भविष्य सँग मतलब हुन्छ । जवसम्म कर्मचारीले आफ्नो भविष्य प्रति आस्वस्थ हुन सक्दैन तवसम्म उसले राम्रो काम गर्न सक्दैन । मर्जर पछि मेरो पोजिसन सुरक्षित हुन्छ भनेर जवसम्म ढुक्क हुँदैन तवसम्म मर्जर सफल हुँदैन र त्यो मर्जरले सिनर्जी पनि दिदैन ।

यहि संबेदनशिल पाटोलाई बीमा समितिले संबोधन गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराइले जानकारी दिए । बीमा कम्पनीहरुले मर्जर पछि हटाउन सक्छन् भन्ने त्रासमा रहेका कर्मचारीलाई बीमा समितिको निर्देशनले कन्फिडेन्स बढाएको उनले बताए । उनले भने ‘मर्जर पछि असफल गराउने भुमिकालाई न्युनिकरण गर्न बीमा समितिले सहि कदम चालेको छ ।’ कुनै पनि बीमा कम्पनीहरुले मर्जरको एक वर्षसम्म कुनै पनि कर्मचारीलाई निकाल्छु भनेर लाग्न नहुने उनको भनाइ छ ।

मर्जर सँगै एकै स्थानका दुई शाखा पनि मर्ज हुने भएकाले कम्पनीहरुलाई कर्मचारी व्यवस्थापन गर्न गाह्रो पर्न सक्छ । यदि यस्तो अवस्था आयो भने बीमा कम्पनीहरुले नयाँ स्थानमा शाखा कार्यालय खोलेर भए पनि कर्मचारी व्यवस्थापन गर्न सक्नु पर्छ ।

कम्पनी ठुलो हुँदै गर्दा दक्ष र क्षमतावान कर्मचारीहरुका लागि राम्रो अवसरको सिर्जना हुनेछ । साथ साथै काम नगर्ने असक्षम कर्मचारीलाई व्यवस्थापन गर्नपनि सजिलो हुनेछ ।

अहिले जीवन बीमा क्षेत्रमा ६२ सय भन्दा धेरै कर्मचारीले काम गरिरहेका छन् । त्यस्तै निर्जीवन बीमा कम्पनीहरुमा ५ हजार ६ सय भन्दा धेरैले काम गरिरहेका छन् । यसरी बीमा क्षेत्रमा ११ हजार ८ सय भन्दा धेरै कर्मचारीले काम गरिरहेका छन् ।

बीमा समितिले अहिले भएका कम्पनीलाई आधा संख्यामा घटाउने रणनीति बनाएको छ । कम्पनीको संख्या आधा भए पनि कर्मचारी घटाउन मिल्दैन । बीमा कम्पनीहरुले थप व्यवसाय विस्तारका लागि कर्मचारीहरुलाई व्यवस्थापन गर्न सक्नु पर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS