IME Life New

बीमा कम्पनीको मर्जरपछि कर्मचारीको पद घटुवा नहुने (परिपत्र सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरु गाभ्ने,गाभिने वा प्राप्ती हुने प्रकृयामा कुनै पनि बीमा कम्पनीका कर्मचारीको पद घटुवा नहुने भएको छ ।
बीमा समितिले गाभ्ने गाभिने सम्बन्धमा सोमबार नयाँ परिपत्र जारी गर्दै दुई वा दुईभन्दा बढी बीमा कम्पनीहरु गाभिए वा प्राप्ती भएको अवस्थामा कुनै पनि कम्पनीको कर्मचारीको कायम रहेको पद घटुवा नहुने व्यवस्था गरेको हो ।

यसैगरी श्रम ऐन अनुसार कुनै पनि कम्पनीका कर्मचारीले खाइपाइ आएको तलब सुविधा नघट्ने भएको छ । श्रम ऐनमा अपवादबाहेकको अवस्थामा कामदार वा कर्मचारीले खाईपाई आएको सुविधा कटौती गर्न नपाइने प्रावधान रहेको छ ।

Esewa
Crest

साथै मर्जरका कारण कम्पनीमा काम गर्न इच्छुक नभएका व्यवस्थापकी तथा अन्य तहका कर्मचारीको लागी समेत स्वेच्छिक अवकाश योजना लागू गरेर कर्मचारीलाई बिदाई गर्न सकिने प्रावधान समेत बीमा समितिले परिपत्रमा उल्लेख गरेको छ । यसअघिको परिपत्रमा यसबारे केही उल्लेख गरिएको थिएन ।

यसअघि असार ६ गते जारी गरिएको परिपत्रमा मर्जर कमिटीमा बीमकको संचालक समिति अध्यक्ष वा लेखा समिति संयोजक सदस्य हुन नपाउने व्यवस्था घोषणा गरेकोमा सोमबार यसमा संशोधन गर्दै यी दुई जिम्मेवारीमा रहेका संचालक समितिका सदस्य पनि मर्जर कमिटीमा सदस्य रहन पाउने बाटो खुल्ला गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS