IME Life New

शाखा विस्तारमा युनियन लाईफ आक्रमक, हेरौ कुन कम्पनीको शाखा कति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरु मध्ये युनियन लाईफ इन्स्योरेन्स शाखा विस्तारमा आक्रमक देखिएको छ । अघिल्लो बर्ष देखि मात्रै सञ्चालनमा आएको कम्पनीले बीमा  समिति बाट १८४ वटा शाखा सञ्चालनको अनुमती लिएको छ । यो संख्या नयाँ जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा धेरै हो ।

नयाँ कम्पनी मध्ये सिटिजन्स लाईफ इन्स्योरेन्स ११५ वटा शाखा सञ्चालनको अनुमती लिएको छ भने प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले १२२ वटा शाखा सञ्चालनको अनुमती पाएको छ । ज्योति लाईफले भने १०१ वटा शाखा सञ्चालनको अनुमती लिएको छ । पुराना कम्पनीमध्ये नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको पहुँच बढी देखिएको छ ।

Esewa
Crest

उक्त कम्पनीले बीमा समितिबाट मुलुकभर १९८ वटा शाखा सञ्चालनको अनुमती पाएको छ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले भने १०८ वटा शाखा सञ्चालनको अनुमती लिएको छ । प्राईम लाईफ इन्स्योरेन्सले १२६ वटा शाखा सञ्चालनको अनुमती लिएको छ ।

बीमा कम्पनी बाट शाखा सञ्चालन अनुमती पाए पनि कतिपय कम्पनीहरुले शाखा सञ्चालन गरेका छैनन् । प्रतिस्पर्धाको लागि भने कम्पनीहरुले पहिले नै अनुमती लिने प्रवृति छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS