IME Life New

शहरमा नै केन्द्रित जीवन बीमा कम्पनीहरु, हेरौ कुन कम्पनीको कहाँ शाखा कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

बीमा कम्पनीहरुलाई ग्रामिण भेगमा जानका लागि बीमा समितिले दबाब दिए पनि जीवन बीमा कम्पनीहरु भने अझै पनि सुगम क्षेत्रमा नै बढी आकर्षित भएको पाईएको छ । बीमा समितिको तथ्यांक अनुसार प्रदेश नम्बर एकमा जीवन बीमा कम्पनीहरुको शाखा अत्याधिक रहेको छ । उक्त प्रदेशमा कम्पनीहरुको २८० वटा शाखा सञ्चालित छन् ।

त्यस्तै, बीमा कम्पनीहरुको दोस्रो रोजाईमा प्रदेश नम्बर एक परेको छ । सो प्रदेशमा कम्पनीहरुको २३९ वटा शाखा छन भने प्रदेश नम्बर ५ मा २११ वटा छन् । प्रदेश नम्बर १६५ वटा शाखा छन् । गण्डकी प्रदेशमा भने १२२ वटा जीवन बीमा कम्पनीको शाखा छन् भने प्रदेश नम्बर ७ मा १५५ वटा शाखा छन् । तर, प्रदेश नम्बर ६ भने जम्मा ८१ वटा शाखाहरु छन् । तथ्यांक अनुसार कम्पनीहरु अझै पनि ग्रामिण भेगमा जान नसकेको देखिन्छ ।

Crest

जीवन बीमा कम्पनीमध्ये मुलुकमा नेपाल लाईफ इन्स्यारेन्सको पहुँच धेरै विस्तार भएको देखिन्छ । उक्त कम्पनीको मुलुकभर विभिन्न स्थानमा १९८ वटा शाखा कार्यलय छन् । त्यस्तै नयाँ कम्पनीमा युनियन लाईफले सबैभ न्दा बढी आक्रमक देखिएको छ । कम्पनीले बीमा समितिबाट १८४ वटा शाखा सञ्चालनको अनुमती पाई सकेको छ । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको १३८, प्राईम लाईफ को १२६, सिटिजन्स लाईफको ११५, प्रभु लाईफको १२२ वटा शाखा सञ्चालनमा छन् ।

नेपालमा नयाँ जीवन बीमा कम्पनीको प्रवेश सँगै शाखा विस्तार पनि प्रतिस्पर्धा देखिएको छ । कम्पनीले प्रतिस्पर्धा कै लागि भए पनि समितिका शाखा सञ्चालनको अनुमती लिएका छन् । तर, जीवन बीमा कम्पनीहरुले सञ्चालन गरेका शाखामा न्यूनत्तम मापदण्ड पनि पुरा नभएको अभिकर्ताहरु बताउँछन् । बीमा कम्पनीरुले एउटा कोठा लिएर पनि शाखा सञ्चालन गरेको उनीहरु बताउँछन् । कतिपय शाखा कार्यलयमा त कर्मचारी नै नबस्ने अभिकर्ताको भरमा नै चल्ने गरेको उनीहरुको गुनासो छ । तसर्थ, शाखा सञ्चालनको लागि न्यूनत्तम पूर्वाधारको मापदण्ड तोक्नु पर्ने उनीहरुले सुझाव दिएका छन् ।

त्यस्तै, कम्पनीहरु सुगम क्षेत्रमा आकर्षित हुनु उचित भए पनि ग्रामिण भेगका मानिसको बीमाको पहुँचबाट बाहिर रहेको विज्ञहरु बताउँछन् । तुलनात्मक रुपमा ग्रामिण क्षेत्रमा बढी जोखिम भएकाले बीमा सम्भावना बढी रहने उनीहरुको दाबी छ । त्यसैले बीमा समितिले ग्रामिण भेगमा जानको लागि अनिवार्य गर्नुपर्ने उनीहरुको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS