काठमाडौं । आज नेप्से परिसूचक ९४ दशमलव ९२ अंकले बढेर १,९५६ दशमलव ९८ को विन्दुमा कायम भएको छ । आज १९५ कम्पनीको शेयर मुल्य बढेको छ । आज सबै उपसूचक बढेका छन् । आज सबैभनदा धेरै इन्भेष्टमेन्ट र विकास बैंक उपसूचक बढेका छन् ।
आज २१ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, ३१ वटा कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । आज अधिकांश कम्पनीका लगानीकर्ताले कमाएको हुँदा लगानीकर्ता उत्साहित भएका छन् ।
आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट डिबेञ्चरका इकाईधनीले गमाएका छन् । कम्पनीका इकाईधनीले २ प्रतिशतका दरले गुमाएका हुन् ।