IME Life New

टी ट्वान्टीको खेल रद्ध हुँदा बीमा कम्पनीमा करिब ७२ करोडको दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारत र दक्षिण अफ्रिकाबीचको जुन १९ मा हुने पाँचौं र अन्तिम टी ट्वान्टी क्रिकेट खेल वर्षाका कारण रद्द हुँदा भारु ४० करोड ४५ करोडसम्म (६४ देखि ७२ करोड रूपैयाँ) को बीमा दाबी हुन सक्ने सम्भावना छ।

क्षतिपूर्ती दाबीमा क्रिकेट प्रतियोगिताको आधिकारिक प्रसारणकर्ता टिभी च्यानल स्टार इन्डियाले खेल अवरुद्ध हुँदा टेलिभिजनमा खेलको समयमा विज्ञापन प्रशारण गर्न नपाउँदाको आय नोक्सानीवापत दाबी गर्ने टाइम्स अफ इन्डियाले रिपोर्ट गरेको छ । साथै टेलिभिजन प्रशारणकै दाबी करिब भारु ३० करोड(४८ करोड रूपैयाँ) हुनेछन् भनी बीमा कम्पनीको अनुमान छ।

Esewa
Crest

प्रतियोगिताको प्रायोजक पेटिम,एमपिएल,एसीसी सिमेन्ट र ड्रिम ११ लगायतका प्रायोजकले पनि खेलको दौरानमा रोमान्चक क्षणहरूमा आफ्नो वस्तु तथा सेवाको विज्ञापन टेलिभिजनमा गर्न नपाएकोमा बीमा दाबी गर्नेछन्। कार्यक्रम आयोजक बीसीसीआई र कर्नाटक राज्य क्रिकेट संघले बीमा दाबी गर्ने भारतीय समाचारले उल्लेख गरेका छन् ।

खेलको बीमा जोखिम बहन न्यू इण्डिया एश्योरेन्स र नेशनल इन्स्योरेन्सको नेतृत्वमा सरकारी स्वामित्वको बीमा कम्पनीले लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS