IME Life

दोर्दी खोला जलविद्युतको आइपिओ बाँडफाँड, २ लाख एक हजार ९८६ ले पाए शेयर

SPIL
NIC ASIA

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलका अनुसार गोलाप्रथाबाट २ लाख एक हजार ९८६ जनाले शेयर प्राप्त गरेका छन् । उनिहरु मध्ये भाग्यशाली ९ जनाले थप एक कित्ता सहित ११ कित्ता शेयर प्राप्त गरेका छन् । आइपिओको नतिजा मेरो शेयरको अनलाइन एप्लिकेसन तथा सिद्धार्थ क्यापिटलको वेवसाइटबाट हेर्न सकिनेछ ।

कम्पनीले गत जेठ २६ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्काशन गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित गरी प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

Prabhu
Crest

निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरिएको छ । सामुहिक लगानी कोषलाई पनि ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता शेयर बाँडफाँट गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी २० लाख १९ हजार ८३९ कित्ता शेयरका लागि आवेदन दिएका थिए ।

जेठ ३१ गतेसम्म निष्काशन गर्दा १४ लाख ७० हजारको योग्य आवेदन परेको थियो । उनिहरुले एक करोड ६३ लाख कित्ताको लागि आवेदन दिएका थिए ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS