Connect IPS
IME Life

मर्जर प्रकृयाँले ५ बीमा सहित १० कम्पनीको कारोबार रोक्का, ८८ अर्ब ३७ करोडको पूँजी बन्धक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मर्जर प्रकृयाँमा रहेका ५ बीमा कम्पनी र ५ वटा बाणिज्य बैंकको शेयर कारोबार रोक्का हुँदा ८८ अर्ब ३७ करोड रुपैयाँको पूँजी बन्धक भएको छ । बीमा समिति र नेपाल राष्ट्र बैंकले लिएको मर्जरको नीतिलाई आत्मसाथ गर्दै मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका बीमा कम्पनी तथा बैंकहरुको शेयर कारोबार रोक्का गरिएको छ ।

प्राइम लाइफ गुराँस लाइफ र युनियन लाइफले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरे सँगै तीन वटै कम्पनीको शेयर कारोबार बन्द छ । अहिले यि तीन कम्पनीको ७ अर्ब एक करोड रुपैयाँको पूँजी बन्धक छ ।

Prabhu
Crest

त्यस्तै एभरेष्ट र हिमालयन इन्स्योरेन्स कम्पनीले मर्जरको सहमति गरे लगत्तै उनिहरुको पनि २ अर्ब ४२ करोड रुपैयाँको पूँजी रोक्का छ । यसरी बीमा कम्पनीहरुको तर्फबाट अहिले ९ अर्ब ४४ करोड रुपैयाँको पूँजी खरिद बिक्री बन्द छ । यसबाट संस्थापक भन्दा पनि सर्वसाधारण शेयरधनीहरुको लगानी फसेको छ ।

त्यस्तै अहिले मर्जरको कारण ५ वटा बाणिज्य बैंकको शेयर कारोबार रोक्का छ । केहि दिन अगाडी ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको शेयर कारोबार रोक्का भए सँगै ३४ अर्ब ४१ करोड रुपैयाँको कारोबार बन्धक छ । नविल बैंक सँग गाभिने संझौता गरेको नेपाल बंगलादेश बैंकको पनि १० अर्ब रुपैयाँको शेयर कारोबार बन्द छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले पनि मर्जरमा जाने सहमति गरे सँगै ३४ अर्ब ४२ करोड रुपैयाँ पूँजी रोकिएको छ ।

नेपाल राष्ट्र बैंकले यहि असार भित्रमा बाणिज्य बैंकहरुलाई मर्जरका लागि दवाव दिएको छ । यहि असार भित्रमा मर्जरको सहमति नगर्ने बैंकहरुलाई नेपाल राष्ट्र बैंकले दिने सुविधा पनि नदिने गभर्नर महाप्रसाद अधिकारीको अभिव्यक्ति सँगै केहि बैंकहरु जोडी खोज्न सक्रिय छन् । त्यस्तै बीमा कम्पनीहरुलाई पनि बीमा समितिले यहि २०७९ भित्र मर्जरका लागि आवस्यक प्रकृयाँ पुरा गर्न दवाव दिदै आएको छ । मानेसम्म प्रोत्साहन गर्न नमाने फोर्स मर्जरको पक्षमा दुबै नियामक छन् ।

बजारमा धेरै वटा प्लेयर हुँदा अस्वस्थ प्रतिस्पर्धा हुने भन्दै नेपाल राष्ट्र बैंक तथा बीमा समिति दुबै संख्या घटाउने रणनीतिमा छन् । बीमा समितिले तत्काल कम्पनीको संख्या घटाउने र क्षमता बढाउने भनिरहेको छ । त्यस्तै नेपाल राष्ट्र बैंक पनि बैंकहरुको संख्या घटाएर अस्वस्थ प्रतिस्पर्धा घटाउने मनस्थितिमा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS