IME Life New

मर्जरको प्रस्ताव सहित रिलायन्स लाइफले डाक्यो विशेष साधारणसभा, सञ्चालकलाई अख्तियारी दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मर्जरको विशेष प्रस्ताव सहित रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा डाकेको छ । कम्पनीले यहि असार २० गते मर्जरको लागि आवस्यक प्रकृयाँ अगाडी बढाउन सञ्चालक समितिलाई अख्दियारी दिने प्रस्ताव सहित साधारणसभा आह्वान गरेको हो ।

पूँजी बृद्धिको आवश्यकतालाई दृष्टिगत गरी भविष्यमा अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान र छनोट गर्न सञ्चालन समितिलाई पूर्ण अख्तारी दिने प्रस्ताव रहेको छ ।

Esewa
Crest

विशेष प्रस्तावमा समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिको लागि बीमा समिति समक्ष निवेदन दिने, आवस्यकता अनुसार सम्पत्ती तथा दायित्वहरुकव मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरीक्षकहरु नियुक्त गर्ने, निजहरुको पारिश्रमिक तोक्ने तथा एक आपसमा गाभ्ने गाभिनेसँग सम्बन्धित प्रचलित नियम कानुन तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्नेत तथा गर्नु पर्ने सम्पूर्ण आवस्यक कार्य, प्रकृयाहरु पुरा गरी अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृति लिने तथा सो सम्दर्भमा नियामक निकायहरुले निर्देशन गरे बमोजिम विवरण उपलब्ध गराउने लगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने रहेको छ ।

कम्पनीको अधिकृत पूँजी बृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रमा पूँजी बृद्धि एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सोलाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने रहेको छ ।

कम्पनीको सञ्चालक समितिको २०७९ असार तीन गते  बसेको १०५ औ बैठकको निर्णय अनुसार कम्पनीको विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो । कम्पनीले शंखमुलको अनमोल बैङ्क्वेटमा विहान ११ बजे साभा डाकेको छ ।

बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरको दवाव दिए सँगै कम्पनीले विशेष साधारणसभा नै आह्वान गरेर मर्जरको आवस्यक प्रकृयाँ अगाडी बढाउन विशेष साधारणसभा बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS