Connect IPS
IME Life

१ बराबर १ अनुपातमा मर्जरमा जान लागेका ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूलाई दाँजेर हेर्दा !

SPIL
NIC ASIA new
Sanima Reliance

काठमान्डौ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू समान हैसियतमा मर्जरमा जाँदै छन् । दुई बैंक १ बराबर १ को स्वापमा मर्जरमा जाँदै छन् । नेपाल इन्भेष्टमेण्ट र मेगा बैंक नेपालको मर्जर सम्झौता भएसँगै  त्यसको केही समय भित्र नै  ग्लोबल आइएमई बैंक र  बैंक अफ काठमाण्डूले मर्जरमा जाने निर्णय गरेका हुन् ।

मर्जर पश्चात दुई बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड हुने छ ।  हाल ग्लोबल आइएमईको चुका पुँजी २३ अर्ब ७९ करोड छ भने बैंक अफ काठमाण्डूको चुक्ता पुँजी १० अर्ब ६२ करोड रहेको छ ।

Prabhu
Crest

त्यस्तै संचित मुनाफा सहित ग्लोबल आइएमईको जगेडामा ११ अर्ब ७६ करोड रहेको छ भने बैंक अफ काठमाण्डूको जगेडामा ६ अर्ब १० करोड संचित छ । मर्जर पश्चात बन्ने बैंकको जगेडामा १७ अर्ब ८७ करोड हुने छ।  त्यस्तै मर्जर पश्चात दुई बैंकको पुँजीकोष ५२ अर्ब २९ करोड हुने छ ।

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ग्लोबल आइएमई बैंकले २ खर्ब ६९ अर्ब निक्षेप संकलन गरी २ खर्ब ६० अर्ब कर्जा प्रवाह गरेको छ भने बैंक अफ काठमाण्डूले १ खर्ब ४ अर्ब निक्षेप संकलन गरी १ खर्ब २ अर्ब कर्जा प्रवाह गरेको छ । मर्जर पश्चात बन्ने बैंकको निक्षेप संकलन ३ खर्ब ७३ अर्ब र कर्जा प्रवाह ३ खर्ब ६३ अर्ब हुने छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS