IME Life New

नेप्से १९०० माथि हुँदा करिव तीन दर्जन कम्पनीको मूल्य नेप्से ११०० हुँदा भन्दा कम ! ( सूची सहित )

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक घट्दै २००० तल आएको छ  । वि.स. २०७८ साल भाद्र २ गते नेप्सेकै ईतिहासको उच्च विन्दु ३२०० सम्म पुगेको बजार अहिले भने १९७१  को विन्दुमा पुगेको छ । यो अवधिमा धेरै कम्पनीहरुको शेयरको मूल्य निकै घटेको छ ।

हाल असार ३ गते नेप्से परिसूचक १९७१  दशमलव ३८ विन्दुमा बन्द भएको छ । परिसूचक यस अघिको बियरको न्यून विन्दु ११०० भन्दा करिव ७९ प्रतिशत माथि छ तर पनि केही कम्पनीको शेयर मूल्य भने ११०० विन्दु हुँदाको बेला भन्दा पनि तल आएको देखिएको छ । फागुन १९, २०७५ मा नेप्से अघिल्लो वियर चक्रको न्यून विन्दु ११०० दशमवल ५८ मा बन्द भएको थियो ।

Esewa
Crest

नेप्से परिसुचक ११०० पुगेको दिन भन्दा अहिले ३३ कम्पनीको शेयर मूल्य सस्तो देखिएको छ । नेप्से परिसूचकमात्र हेरेर लगानीकर्ताले बजारको अवस्था हेर्न नहुने शेयर बजार सम्बन्धी जानकार बताँउछन । जानकारका अनुसार नेप्से परिसूचक माथि हुँदा पनि केही कम्पनीको शेयर निकै तल्लो विन्दुमा आएको हुन सक्छ र नेप्से तल हुँदा पनि केही शेयर माथील्लो विन्दुमा हुन् सक्छ।  त्यसैले लगानीकर्ताले लगानी गर्न पूर्ण नेप्से परिसूचकसँगै सम्बन्धीत कम्पनीलाई पनि हेर्न जरुरी छ ।

नेप्से ११०० पुगेको दिन भन्दा आज युनाइटेड इन्स्योरेन्सको शेयर सर्वाधिक सस्तो देखिएको छ। उक्त दिन युनाइटेड इन्स्योरेन्सको शेयर मूल्य ७६६ रुपैयाँ रहेकोमा पछिल्लो बजार मूल्य अनुसार कम्पनीको बजार मूल्य ३६५ रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको बजार मूल्य प्रति कित्ता ४०१ रुपैयाँ ( ५२%) तल छ ।

सर्वाधिक शेयर मूल्य घट्नेमा निर्जीवन बीमा कम्पनीको बाहुल्यता देखिएको छ ।  समिक्षा अवधिमा सर्वाधिक शेयर मूल्य घट्नेमा शिर्ष ३ कम्पनीनै निर्जीवन बीमा कम्पनी रहेका छन् भने शिर्ष ६ मा  ५ निर्जीवन बीमा कम्पनी रहेका छन् ।

हाल ३३ कम्पनीको शेयर मूल्य सस्तो देखिए पनि त्यस बाहेकका केही कम्पनीहरु मर्जरको कारणले शेयर कारोवार रोक्का गरिएको छ।  यदी कारोवार रोकिएका कम्पनीहरुको पनि सूचीमा समावेस गर्दा ३३ को संख्या अझै बढी देखिने छ ।

नोट : यो सामाग्री विशुद्ध शैक्षिक प्रयोजनका लागि मात्र हो। 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS