IME Life New

कुमारी धनबृद्धि योजनाको इकाई बाँडफाँड सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी क्यापिटलले निष्काशन गरेको सामुहिक लगानी कोष योजनाको इकाई बाँडफाँड भएको छ। कुमारी सामुहिक लगानी कोष अन्तर्गत कुमारी धनवृद्धि योजना नामको १० वर्षे अवधिको बन्दमुखी योजनाको इकाई आज शुक्रबार बाँडफाँड भएको हो ।

कुमारी धनबृद्धि योजनाको प्रति इकाई रु १० दरको १२ करोड इकाई जेठ १० १२ देखि जेठ २६ गते सम्म निष्काशन भएको थियो । क्यापिटलका अनुसार विजपूँजी वापतको १,८३,७६,०८९ इकाई कोष प्रवद्र्धक कम्पनी कुमारी बैंक लिमिटेडलाई बाँडफाँड गरिएको र बाँकी रहेको १०,४१,३१,१७० इकाई अन्य आवेदकलाई बाँडफाँड गरिएको छ ।

Esewa
Crest

आवेदक दिएका १,३९,१३९ जना मध्ये रितपुर्वक आवेदन दिनेने १,३९,०९३ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरिएको छ भने दोहोरो आवेदन दिने ४६ जना आवेदकहरुको आवेदन रद्द भएको छ। यसरी बाँडफाँड गर्दा इकाई १०० देखि १००,००,००० सम्म आवेदन गर्ने आवेदकहरुले माग बमोजिम नै इकाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।

क्यापिटलले यस योजनामा पहिलो २ वर्ष १० प्रतिशत, त्यसपछि ४ वर्ष १२ प्रतिशत, त्यसपछिको २ वर्ष १५ प्रतिशत र अन्तिम वर्ष १० वर्ष गरि दश वर्षको अवधिमा १०८ प्रतिशत लाभांश बितरण गर्ने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS