GBIME
IME Life

फ्ल्याट प्रिमियमको अध्ययन गर्न निर्देशक पुजन ढुंगेलको अध्यक्षतामा समिति गठन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले ‘फ्ल्याट प्रिमियम’मा देखिएको विवाद समाधानका लागि अध्ययन समिति गठन गरेको छ । बीमा कम्पनीले सबै उमेर समुहका व्यक्तिहरुको बीमा शुल्कलाई समान गर्दा समस्या देखिए पछि विगत दुई तीन महिनादेखि फ्ल्याट प्रिमियमको बीमा पोलिसी बन्द छ ।

बीमा समितिले उक्त पोलिसीलाई बन्द गर्न निर्देशन दिए सँगै यस विषयमा अध्ययन गरिरहेको छ । यसै क्रममा थप अध्ययनका लागि समितिले बीमा समितिको निर्देशक पुजन ढुंगेल अधिकारीको संयोजकत्वमा चार सदस्य  रहेको समिति निर्माण गरेको छ ।

SKYWELL
Crest

उक्त समितिको सदश्यमा जीवन बीमक संघको तर्फबाट दुई जना र समितिकै बीमालेख शाखाको उप निर्देशक रहनेछन् । जीवन बीमक संघबाट अध्यक्ष निर्मल काजी श्रेष्ठ र उपाध्यक्ष पोषक राज पौडेल मनोनित भएका छन् ।

अध्ययन समितिले यस विषयमा थप अध्ययन गर्नेछ । जीवन बीमा कम्पनीहरुले माइक्रोफाइनान्स मार्फत जारी गर्दै आएको माइक्रोइन्स्योरेन्स पोलिसीमा यस्तो समस्या देखिएको छ । कम्पनीले लघुवित्त वित्तीय संस्थाका सदस्यहरुको एकमुष्ठ बीमा गर्दा फ्ल्याटमा बीमा शुल्क गणना गर्दै आइरहेका छन् ।

तर जीवन बीमामा व्यक्तिको उमेर अनुसार जोखिम गणना हुन्छ । समग्रमा सबैको बीमा गर्दा धेरै उमेर समुहका व्यक्तिको बीमा गर्ने वित्तीकै त्यहाँ धेरै जोखिम रहन्छ । त्यस्तै कम उमेर समुहका व्यक्तिको बीमा हुँदा कम जोखिम पर्न आउछ । त्यसैले यसको गणना विधिलाई मद्दत पुग्ने गरी बीमा समितिले अध्ययन गर्न थालेको हो । यस्तो अध्ययन पछि अध्ययन प्रतिवेदनको आधारमा बीमितको बीमा शुल्क गणनामा केहि परिवर्तन पर्न सक्छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS