Connect IPS
IME Life

भोलिदेखि तेस्रो आमरण अनसन बस्दै कोईराला, अवरोध पुर्याए धितोपत्र बोर्ड नै नरहने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारका लगानीकर्ता तिलक कोईराला भोलिदेखि आमरण अनसन बस्ने भएका छन् । पत्रकार सम्मेलन गर्दै कोईरालाले आफ्ना १९ बुँदे माग पुरा नभएसम्म आमरण अनसन गरिरहने घोषणा गरेका छन् ।

कोइरालाले १२/१३ दिन अगाडी नै १९ बुँदे माग राखेका थिए । उनले असार एक गतेसम्म माग पुरा नभए आमरण अनसन बस्ने घोषणा गरेका थिए । सम्बन्धित पक्षले माग पुरा नगरेपछि बाध्य भएर आमरण अनसन बस्नु परेको कोईरालाले बताए ।

Prabhu
Crest

यदि नेपाल धितोपत्र बोर्डले अनसन बस्न दिएन भने धितोपत्र बोर्डको कार्यालय नै रहन्छ रहदैन भन्ने कुरा अनिश्चित रहेको कोईरालाले बताए । धितोपत्र बोर्डले अनसन नै बस्न नदिए प्रतिरोध गर्ने कोरालाले धम्की दिएका छन् । उनले भने ‘सरकार तथा धितोपत्र बोर्डले अनसन बस्न नदिए उहाँहरुले लगानीकरत्को आक्रोस सामाना गर्न तयार हुनुहुन्छ ?’

नीति निर्मातामा रहेका व्यक्तिहरुको रबैयाको कारणले अनसन बस्न बाध्य भएको कोईरालाको समुहले जनाएका छन् । लगानीकर्ताको सम्पत्तीको रक्षा गर्नु सरकारको दायित्व भएको हुँदा सम्बन्धित निकायले लगानीकर्ताको माग सुनुवाइ गर्नु पर्ने उनिहरुको भनाइ छ ।

पूँजी बजार सँग सम्बन्धित संघ संघठनले पनि कोईरालाको आन्दोलनमा ऐक्यबद्धता व्यक्त गरेका छन् । लगानीकर्ताको संघ संघठनले नेपालको पूँजी बजारमा गर्नु पर्ने सुधारका कामहरु, सरकारले गर्छु भनेका कामहरुमा समयमा सुधान नहुने संका गर्दै उनिहरुले आन्दोलनको अन्तिम अस्त्र प्रयोग गर्न बाध्य भएको जनाएका छन् ।

पूँजी बजार सुधार संघर्ष समिति मार्फत सञ्चालित आन्दोलनका कार्यक्रमहरुलाई कसरी अगाडी बढाउने भन्ने विषयमा संघ संघठनहरुले छलफल गरेका थिए । छलफल कार्यक्रममा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, स्वतन्त्र पूँजी बजार संघका अध्यक्ष रोहन कार्की, पूँजी बजार फोरम एफएनसिसिआइ सदश्य विष्णु प्रसाद बस्याल, लगानीकर्ता दवाव समुहका अध्यक्ष हरी ढकाल, नेपाल धितोपत्र लगानीकर्ता संघ महासचिव प्रकास रजौरे, लगानीकर्ता हित संरक्षण मञ्च महासचिव कमल भारती, नेपाल पूँजी बजार लगानीकर्ता संघ सदश्य कुमार श्रेष्ठको उपस्थिति थियो ।

यहि भेलाले पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले सार्वजनिक गरेको १९ बुँदे माग तत्काल पुरा गराउन २०७९ साल असार एक गतेदेखि विहान ११ बजेबाट आमरण अनसन बस्ने तिकल कोइरालाको घोषणालाई सबै लगानीकर्ता संघ संघठन मार्फत सर्वसम्मत रुपमा संयुक्त बोध गर्दै त्यसका लागि आवस्यक सम्पुर्ण प्रबन्ध मिलाउने निर्णय गरेको छ ।

आमरण अनसनको सम्पुर्ण निर्णय गर्ने अधिकार संयोजक तिलक कोइरालालाई नै दिने निर्णय समेत गरिएको छ । उनले आवस्यक परे वार्ता समिति गठन गर्ने र सोको हस्ताक्षर पनि उनैले गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

आमसरण अनसन सुरु हुने दिन र त्यस पछि निरन्तर आमरण अनसन स्थलमा नियमित रुपमा व्यापक रुपमा लगानीकर्ताको सहभागिता गराउने समेत निर्णय भएको छ । त्यस पछि तय भएका आन्दोलनका कार्यक्रमहरु व्यवस्थापन गर्न उपसमिति गठन गरिएको छ । कार्यक्रमको आर्थिक संयोजकमा प्रवष्ठा ज्ञवाली, सदस्य एसपि चौलागाई, राजु ओझा छन् । व्यवस्थापन समितिमा संयोजक दिपेन्द्र अग्रवाल छन् भने सदस्य कुमार ढकाल छन् ।

प्रचार समितिमा रोहन कार्की, मिडिया संयोजक तथा प्रवक्तामा एसपि चौलागाई रहेका छन् । आजको यस छलफलले पूँजी बजार सुधार र विकासका लागि सञ्चालित आन्दोलन पूँजी बजारका सम्पुर्ण सरोकारवालाको अन्तिम र निर्णायक आन्दोलन भएकोले सबैलाई आन्दोलनमा सक्रिय सहभागिता जनाइ आफ्नो हैसियत अवस्था अनुसार प्रयोग गरी सफल पार्न सबैलाई अपिल गर्ने निर्णय गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS