IME Life New

व्यापारमा उल्लेखनीय बिस्तारसँगै सिटिजन लाइफको क्रेडिट रेटिङमा थप सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इक्रा नेपालले दियो  इक्राएनपि आइआर त्रिपल बी रेटिङ

काठमाडौं । वित्तीय सबलताको आधारमा व्यवसायीक कम्पनीहरुको वित्तीय दायित्व क्षमताबारे रेटिङ (वर्गिकरण) गर्दै आएको इक्रा नेपालले सिटिजन लाइफ इन्स्योरेन्सको रेटिङमा स्तरोन्नती गरेको छ । इक्रा नेपालले जारी गरेको प्रेस विज्ञप्ती अनुसार सिटिजन लाईफ इक्राएपनि आइआर त्रिपल बी माइनसबाट इक्राएनपि आइआर त्रिपल बी मा उक्लिएको छ ।

Esewa
Crest

यस वर्गिकरणले वित्तीय दायित्वलाई समयमै पुरा गर्न सक्ने सन्दर्भमा मध्यम स्तरको सुरक्षाको प्रत्याभूति जनाउँछ । यस्तो वर्गिकरण सर्वसाधारणमा शेयर वा ऋणपत्र जारी गर्ने तयारीमा रहेका वा जारी गरिसकेका कम्पनीको वित्तीय सबलताको आधारमा प्रदान गर्दै आएको छ ।

रेटिङ स्तरोन्नतीको पछाडीका कारण उल्लेख गर्दै इक्रा नेपालले प्रथम बीमाशुल्क आम्दानीमा उल्लेखनीय वृद्धिसँगै जीवन बीमा व्यवसायमा बजार हिस्सा वृद्धि गर्न सफल हुनु मुख्य कारण औंल्याएको छ । साथै गत आर्थिक वर्षमा ८७ प्रतिशत बीमालेख नविकरण दर हुनु पनि स्तारोन्नतीको मुख्य कारण हो । अघिल्लो आ.व. २०७६।७७ मा बीमालेख नविकरण दर जम्मा ७२ प्रतिशत रहेको थियो । पर्याप्त सोल्भेन्सी र अनुभवी लगानीकर्ता तथा व्यवस्थापक समूहले कम्पनीको व्यापार बिस्तारमा टेवा पु-याएको छ ।

बीमामा अत्यन्तै न्यून पहुँचका कारण पनि नेपालमा सिटिजन लाईफजस्ता जीवन बीमा कम्पनीहरुको लागी पर्याप्त अवसर रहेको इक्रा नेपालले उल्लेख गरेको छ । इक्रा नेपालका अनुसार नियमित आम्दानीमा केन्द्रित गुणस्तरिय लगानी विविधिकरण, महाविपत्तिको व्यवस्थासहित पर्याप्त पूनर्बीमा जसले दाबी भुक्तानी र महाविपत्तीको अवस्थामा समेत सहजरुपमा वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमता सिटिजन लाइफलाई प्रदान गरेको छ ।

‘बीमा समितिले तोकेको व्यवस्थापन खर्चको सीमाभित्र शुरु देखिनै रहन सफल हुनु र कूल व्यवसायको ९२ प्रतिशत(आ.व. ७८।७९ को दोश्रो त्रैमाससम्म) व्यवसाय सावधिक जीवन बीमा योजनाको बिक्रीबाट प्राप्त हुनु पनि सकारात्मक पक्ष हो । संचालनको छोटो समय भएकाले दीर्घकालसम्म वित्तीय दायीत्व बहन क्षमतालाई कम्पनीको व्यवस्थापनले कसरी अघि बढाउँछ त्यो पक्ष विचारणीय रहेको छ । गत आर्थिक वर्षमा म्यादी बीमा योजना अन्तर्गत मृत्यु दाबी बढेको थियो ।त्यसैले बीमा जोखिमांकनको क्रममा पर्याप्त नियन्त्रणबाट यस्तो मृत्यु दाबी नियन्त्रण गर्न सकिनेछ ।’

ढिलो गरी हुने बीमांकी मूल्यांकनका कारण ताजा वित्तीय सबलताको अवस्था समेत कम्तीमा डेढ देखि दुई वर्ष ढिलो गरी मात्र प्रकाशमा आउने समस्या प्रायः जीवन बीमा कम्पनीमा देखिएको छ । रेटिङको लागी यो पनि एउटा चुनौती भएको इक्रा नेपालको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS