IME Life New

रिलायबल नेपाल लाइफको चौंथो वार्षिक साधारण सभा सम्पन्न, ५ संचालक निर्विरोध निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा लिसरा ब्याङक्वेट ज्ञानेश्वर काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले संचालक समितिले पेश गर्ने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितका अनुसूचिहरु एनएफआरएस अनुसारको वित्तीय विवरण उपर छलफल गरी अनुमोदन गरेको छ ।

Esewa
Crest

कम्पनीले साधारण सभामा सर्वसाधारणलाई छुट्टाइएको शेयर मध्येबाट कर्मचारीहरुको हकमा जारी गर्ने शेयरको प्रस्ताव अनुमोदन गरेको छ । त्यस्तै साभामा पूँजी बृद्धि गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित भएको छ । जसमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेतअनुमोदन भएको छ।

सभाले संस्थापक शेयरधनी समुहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने चार जनामा अन्जु पाण्डे, उदय नेपाली श्रेष्ठ, इन्द्र प्रसाद शर्मा, ग्लोबल आईएमई बैंकको प्रतिनिधिको रुपमा महेश शर्मा ढकाल निर्विरोध निर्वाचित गरेको छ । सभाबाट स्वतन्त्र सञ्चालकको नियुक्तिको अनुमोदन समेत पारित भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, विद्यमान लेखापरीक्षकलाई पुन नियुक्त गर्न नमिल्ने कानुनी व्यवस्था रहेकाले पनि नयाँ लेखापरीक्षकलाई नियुक्त गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS