IME Life New

बीमकको संस्थागत सुशासन निर्देशिकाको कार्यान्वयन फितलो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  बीमा समितिले बीमा क्षेत्रमा संस्थागत सुशासन कायम राख्ने उद्देश्यको लागी जारी गरेको ‘बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५’ को स्वयम् बीमा नियामकबाट नै उलंघन भएको छ ।

बीमा कम्पनीको साथै समग्र बीमा क्षेत्रलाई नै नियमनमा राख्ने उद्देश्यले जारी गरिएको संस्थागत सुशासन निर्देशिकाले परिभाषित गरेको एकाघरको परिवार र नजिकको नातेदार सम्बन्धी परिभाषाले अधिकांश बीमक वा स्वयम् नियामक निकायका उच्च अधिकारीहरु अछुतो रहेका छैनन् ।

Esewa
Crest

नियामक निकायदेखि सबै बीमा कम्पनीका जिम्मेवार अधिकारीहरुको एकाघरको परिवार वा नजिकको नातेदारले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा कुनै न कुनै बीमा कम्पनीबाट आफ्नो वित्तीय स्वार्थ पुरा गरिरहेका छन् । बीमा नियामक बीमा समितिका उच्च अधिकारी, बीमकको संचालक समिति अध्यक्ष, सदस्य वा प्रमुख कार्यकारी अधिकृतको नजिकको नातेदार वा एकाघरको परिवारका सदस्यहरु कुनै न कुनै रुपमा वित्तीय स्वार्थ जोडिएर फाइदा लिइ रहेका छन् ।

संस्थागत सुशासन निर्देशिकाले ‘एकाघरको परिवार’ भन्नाले सम्बन्धित व्यक्तिको पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफूले पालनपोषण गर्नुपर्ने दाजुभाई र दिदीबहिनी सम्झनुपर्छ भन्ने उल्लेख गरेको छ । यो परिभाषाबाट उन्मुक्ति लिनको लागी बीमकको उच्च पदस्थ अधिकारीले कानूनीरुपमा अंशबण्डा गरेर कागजीरुपमा छुट्टिएका छन् ।

‘नजिकको नातेदार’ भन्नाले एकाघर वा सगोलको अंशियार वा दाजु, भाउजु, सासु, ससुरा, भाई, भाई बुहारी, दिदी, भिनाजु, बहिनी, बहिनी ज्वाइँ, साला, साला बुहारी, साली, जेठान, नन्द, आमा, जेठी सासु, साढु दाजु, काका, काकी, मामा, माईजु, छोरा, छोरी, ज्वाइँ, नाती, नातिनी, बुहारी, नातिनी, नातिनी ज्वाइँ, भान्जा, भान्जा बुहारी, भान्जी, भान्जी ज्वाइँ, फुपु वा फुपाजु सम्झनुपर्छ भन्ने निर्देशिकामा उल्लेख छ ।

‘वित्तीय स्वार्थ’ भन्नाले संस्थापक वा संचालक वा आधारभूत शेयरधनी वा कार्यकारी प्रमुख वा त्यस्तो व्यक्तिको एकाघरको परिवारका सदस्य वा संचालक, मनोनय गर्ने अधिकार पाएको फर्म, कम्पनी वा संगठित संस्थामा बीमकको संचालक, कार्यकारी प्रमुख, आधारभूत शेयरधनी वा त्यस्ता व्यक्तिको एकाघरको परिवारका सदस्यको वित्तीय स्वार्थ रहेको अवस्था सम्झनुपर्छ । र सो शब्दले बीमकको संचालक मनोनित गर्ने अधिकार पाएको अख्तियारवालाले एकल वा संयुक्तरुपमा कुनै अर्को फर्म वा संगठित संस्थाको चुक्ता पूँजीको दश प्रतिशत वा सो भन्दा बढी शेयर नलिएको वा आधारभूत शेयरधनी रहेको छ भने त्यस्तो संगठित संस्थामा बीमकको संचालक, कार्यकारी प्रमुख वा बीमकको संचालक मनोनित गर्ने अधिकार पाएको अख्तियारवाला वा त्यस्ता व्यक्तिको एकाघरको परिवारका सदस्यको वित्तीय स्वार्थ रहेको अवस्था समेतलाई जनाउँछ ।

वित्तीय स्वार्थको परिभाषालाई मिहिनरुपमा केलाउने हो भने धेरैजसो बीमकको उच्च पदस्थ अधिकारी वा संचालक समिति सदस्यहरु कारवाहीको दायरामा समेटिने निश्चित छ । तर बीमा समितिका उच्च पदस्थ अधिकारीहरुको परिवारका सदस्य र आफन्तहरु कुनै न कुनै रुपमा बीमा कम्पनीहरुबाट वित्तीय लाभ प्राप्त गरिरहेकाले बीमकको संस्थागत सुशासन निर्देशिकाको पालना हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS